विद्युत पोल गाड्नेक्रममा गम्भीर घाईते भएकालाई आर्थिक सहयोग

विद्युत पोल गाड्नेक्रममा गम्भीर घाईते भएकालाई आर्थिक सहयोग




समायोजन खबर खोटाङ,
विद्युतको पोल गाड्नेक्रममा गम्भीर घाईते भएका खोटाङका एक स्थानीयलाई रावाखोला सेरोफेरो हङकङ परिवारले आर्थिक सहयोग गरेको छ । विद्युतको पोल गाड्नेक्रममा गम्भीर घाईते भएका केपिलासगढी गाउँपालिका–४ बाक्सिला हल्खुमका गणेश राईलाई एक लाख ३८ हजार ६१५ रुपैयाँ सहयोग गरेको हो ।

गत पुस ७ गते विद्युतको केन्द्रीय प्रशारण लाईन विस्तारका लागि पोल गाड्नेक्रममा गम्भीर घाईते भएका राईलाई रावाखोला सेरोफेरो हङकङ परिवारको अगुवाईमा हङकङबासी दाताबाट सहयोग संकलन गरेर प्रदान गरिएको हो ।

संकलित रकम फलैंचा रेष्टुरेण्ट काठ्माण्डौंमा आयोजित कार्यक्रममा पृथ्वी माबि बाक्सिलाका पुर्वप्रअ जितेन्द्रराज श्रेष्ठ र प्रअ रणबहादुर राईले घाईतेलाई हस्तान्तरण गरेका छन् । घाईतेलाई बाक्सिला लगायतका अन्य शुभेच्छुकले पनि सहयोग गरेको आफन्तले बताएका छन् ।
२०७६ माघ ५ गते साँझ ५ :०४ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology