वडालाई निःशुल्क पाँच रोपनी बढी जग्गा

वडालाई निःशुल्क पाँच रोपनी बढी जग्गा




चिसाङ शेर्पा खोटाङ,
नुनथलाका पाँचजना स्थानीयले वडा कार्यालयका लागि निःशुल्क जग्गा दान गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला वडा कार्यालयलाई पाँच रोपनी १० आना जग्गा निःशुल्क दान गरेका हुन् ।

साविकको गाविस कार्यालयबाट कामकाज गरिरहेको वडा कार्यालयलाई साविक नुनथला ५ का महेन्द्र बहादुर राईले १ रोपनी १ आना ३ पैसा, डम्बर बहादुर राईले १ रोपनी १ आना २ पैसा, मोतिचन्द्र राईले १ रोपनी २ आना ३ दाम, धर्मश्वर राईले १३ आना २ पैसा ३ दाम र भक्त कुमार राईले १४ आना जग्गा निःशुल्क दान गरेका हुन् ।

बजार मुल्य अनुसार ५५ लाख बढीको जग्गा उनीहरुले आइतबार जिल्ला मालपोत कार्यालय दिक्तेल पुगेर वडाको नाममा पास गरिदिएका हुन् । पास गरेको जग्गाको लालपुर्जा जग्गादाताहरुले मालपोत कार्यालयमै वडाध्यक्ष भिम राईलाई हस्तान्तरण गरेका छन । पास भएको जग्गा साविकको नुनथला ५ को ठुलटारमा अवस्थित छ । जग्गादातालाई धन्यवाद दिंदै वडाध्यक्ष राईले वडा कार्यालयको आफ्नै भवन बनाउनमा लागि पर्ने बताए ।
२०७६ माघ ५ गते दिउँसो २ :४० मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology