अटो दुर्घटना हुँदा वडा सदस्यको मृत्यु

अटो दुर्घटना हुँदा वडा सदस्यको मृत्यु




समायोजन खबर खोटाङ,
अटो दुर्घट्नामा जन्तेढुंगा गाउँपालिका–१ देविस्थान मैनटारका वडा सदस्य गणेश खड्काको ज्यान गएकोे छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीको बंशिलाघाटमा भएको अटो दुर्घट्नामा गम्भीर घाईते भएका वडासदस्य खड्काको शनिबार उपचारकाक्रममा ज्यान गएकोे हो ।

उदयपुरको बेलटारबाट घर जानेक्रममा आफैले चलाएको स १ ह ३२३७ नम्बरको अटो शुक्रबार सडकबाट करिब १५० मिटर तल खस्दा उनी गम्भीर घाईते भएका थिए । अटोमा एक्लै भएका कारण उनको शनिबार बिहान मात्र उद्धार गरिएको थियो । अटो दुर्घटनामा गम्भीर अवस्थामा फेला परेका वडा सदस्य खड्कालाई प्राथमिक स्वास्थ्य चौकी बेलटारमा प्राथमिक उपचार गरेपछि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको ईलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक बुद्धीराम चौलागाईले बताए ।

तत्कालिन नेकपा माओबादी केन्द्रबाट वडा सदस्य निर्वाचित खड्कालाई अस्पतालले शनिबार दिउँसो मृत घोषणा गरेको हो । रातको समयमा दुर्घट्ना भएको र साथमा अन्य यात्रु नभएकाले दुर्घट्नाका विषयमा ढिलो जानकारी भएकाले वडासदस्य खड्काको उपचारमा ढिलाइ भएको बताइएको छ । दुर्घट्नास्थलमा अटो समेत क्षतविक्षत अवस्थामा फेला परेको छ ।
२०७६ माघ ४ गते साँझ ७ :४६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology