‘दु:खको काँडा’ सार्वजनिक

‘दु:खको काँडा’ सार्वजनिक

अनलाईन लोगो



योगिन राई काठमाण्डौ,
फिल्म ‘म यस्तो गीत गाउछु २’ को दोश्रो गीत सार्वजनिक भएकोे छ । सार्वजनिक भएको दुःखको काँडा बोलको गीतमा चर्चित रियालिटि शो भ्वाइस अफ नेपाल २ मा टप ४ मा पर्न सफल सनिस श्रेष्ठले स्वर दिएका छन् । त्यसैगरी अर्जुन पोखरेलको संगीत र देबल भण्डारीको शब्द रहेको छ । फागुनको २३ बाट प्रदर्शनमा आउने फिल्मको यस गीतमा फिल्मका मुख्य अभिनेता पल शाह र पुजा शर्मा फिचर्ड छन् । गीतको कोरियोग्राफी रामजि लामिछानेकोे छ ।

फिल्मको पहिलो गीत तिम्रो घरको वरिपरिको सफलता पश्चात निर्माण टिमले दोस्रो गित सार्वजनिक गरेको हो । रोमान्टिक शैलीको गीतमा प्रेमिले प्रेमिकालाइ हरेक जन्ममा साथ दिने भाब ब्यक्त गरेका छन् । सुदर्शन थापाको निर्देशनमा बनेको फिल्मले सांगीतिक प्रेमकथाको बाचन गरेको छ । सुदर्शन थापाकै ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा सुदर्शन थापा र पुजा शर्मा, सह निर्मातामा जन्मजय साम्पाङ राई छन् । अन्य कलाकारहरुमा हरिहर शर्मा, दिनेश डिसि, राजा राजेन्द्र पोखरेल, गण्ोश गिरी सोनिका रोकाय लगायत छ । फिल्मलाइ सौरभ लामाले खिचेका हुन् । बनिश शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।


२०७६ पौष २४ गते राती ९ :३४ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology