नगरपालिकाले विवरण लुकाउन खोज्यो : कांग्रेस

नगरपालिकाले विवरण लुकाउन खोज्यो : कांग्रेस




चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तीन आर्थिक वर्षको विवरण लुकाउन खोजेको नेपाली कांग्रेस खोटाङले जनाएको छ । आथिर्क वर्ष २०७४/०७५, २०७५/०७६, २०७६/०७७ मा भएका विकास निर्माण तथा विभिन्न शिर्षकको विवरण माग गर्दा दिन आनाकानी गर्दै लुकाउनतर्फ लागेकोे बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले यस्तो जनाएको हो ।

बुधबार कांग्रेसको छायाँ सरकार प्रमुख तीर्थराज भट्टराईको अध्यक्षता र केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्रीय सदस्य तथा पूर्व पार्टी सभापति सुवासकुमार पोखरेलको नेतृत्वमा नगरपालिका पुगेको टोलीले चारवटा शिर्षकको विवरण माग गर्दा प्रमुख प्रशासकीय अधिकृतले दिन नमिल्ने बताएको नेपाली कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका छायाँ सरकार प्रमुख तीर्थराज भट्टराईले बताए ।

कांग्रेसले तीन आर्थिक वर्षको भौतिक पूर्वाधार तथा विकास निर्माण गर्न विभिन्न वडामा नगरपालिकाबाट वितरित योजनाको शिर्षक, विल, भर्पाईको प्रतिलिपि, कार्य सम्पन्न विवरण, प्रदेश, संघिय सरकार तथा विभिन्न दातृ निकायबाट आएको सहयोग कार्यक्रम विवरण, विल, भर्पाई तथा कार्य सम्पन्न विवरण, चालू प्रकृतिमा भएको खर्च विवरण तथा विल, भर्पाई र कार्य सम्पन्न विवरण र नगरपालिकाबाट भए गरिएका विभिन्न अन्य खर्चको विवरण माग गरेको थियो । विवरण माग्दा प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईले मेयर बाहिर भएकाले विवरण दिन नमिल्ने र मेयर आएपछि कार्यपालिकाको वैठक राखेर मात्रै दिन मिल्ने बताएको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान केन्द्रीय सदस्य तथा पूर्व पार्टी सभापति सुवासकुमार पोखरेलले बताए ।

हामी नगरपालिकामा विवरण माग गर्न गयौं । अधिकृतले योजनाको विवरण दिन मिल्दैन भन्नुभयो, मेयर बाहिर भएका कारण देखाउदै कार्यपालिकाको वैठक राखेर दिन्छु भन्नुभयो । पोखरेलले भने, “हामीले हाम्रो विवरण मागपत्रमा त्यही लेख्नुहोस भन्यौ । उहाँले अर्कै लेख्नुभयो विवरण दिनुभएन त्यसपछि सामान्य हात हालाहाल नै भयो ।” कांग्रेसले माग गरेको विवरण पत्र नगरपालिकाको दर्ता नं. १४८० मा दर्ता भएको छ । दर्ता भएको पत्रमा प्रमुख प्रशासकीय अधिकृत प्रसाईले ‘योजना शाखालाई नगर प्रमुख समक्ष पेश गर्न हुन’ भनेको छ ।

नगरपालिका गैर कानुनी काम गरेका प्रमाणहरु नष्ट गर्ने काममा लागेको, भ्रष्टाचार गरेको, प्रक्रिया नपुगेको कागजात लुकाउन, दबाउन, प्रमाण नष्ट गर्न लागेकाले कांग्रेसले जिल्ला प्रहरी कार्यालयका डिएसपी बामदेव गौतम र प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय समक्ष नगरपालिकाको कार्यालयको सुरक्षाको माग गरेको छ । ३० लाख बजेट भएको संघिय आयोजना कार्यान्वयन इकाई विराटनगरबाट २३ मंसिर (च.न ४६०)मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई पत्र आए पनि युवराज आचार्यको अध्यक्षतामा ५ सदस्यीय उपभोक्ता समिति भने मंसिर ६ गते गठन भएको र त्यस समितिमा राखिएको कोषाध्यक्ष पदमा राखिएको व्यक्तिको हस्ताक्षर किर्ते पाइएपछि कांग्रेस बेतिथिको विरुद्धमा उत्रेको हो ।
२०७६ पौष २४ गते राती ९ :१० मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology