मेयरकप फुटबलको उपाधी भगवती स्पोर्टस क्लबलाई

मेयरकप फुटबलको उपाधी भगवती स्पोर्टस क्लबलाई




समायोजन खबर भोजपुर,
मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएकोे तेश्रो मेयरकप पुरुष फुटबलको उपाधी भगवती स्पोर्टस क्लब खोटाङले जितेकोे छ । बिहीबार सम्पन्न फाईनल खेलमा कुलुङ यातायात प्रालिलाई १–० गोल अन्तरले हराउँदै उपाधी जितेको हो ।

खेलमा पहिलो हाफसम्म दुवै टिमबाट कुनै गोल हुन सकेन । दोश्रो हाफको २८ औँ मिनेटमा खोटाङका सौजन राईले डिबक्सभित्र प्रहार गरेको गोल निर्णायक बन्यो । खेलको म्यान अफ दि म्याच पनि सौजन नै घोषित भए ।


उपाधीसंगै खोटाङले नगद पाँच लाख नगद र ट्रफी हात पारेको छ । दोश्रो हुने कुलुङले ३ लाख नगदसहित मेडल र प्रमाणपत्र हात पारे । खेलको उत्कृष्ट खेलाडी भगवती स्पोर्टस क्लब खोटाङका जिवन परियार, उत्कृष्ट गोलकिपर खोटाङकै सागर राय, उत्कृष्ट फरवार्ड कुलुङका रविन राई, उत्कृष्ट मिडफिल्डर भोजपुर नगरपापालिका– ११, आम्तेकका असिम राई, उत्कृष्ट गोल रक्षक खोटाङका रिवाज मास्के घोषित भए ।

जिल्ला फुटबल संघ भोजपुरको आयोजना र भोजपुर नगरपालिकाको प्रायोजनमा गत मंसिर २५ गतेदेखि सञ्चालित प्रतियोगितामा जिल्लाभित्र र बाहिरका १५ टिमले सहभागीता जनाएका थिए ।
२०७६ पुस ३ गते साँझ ६ : ४२ बजे प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology