Samayojan khabar

Advertisment

SKIP THIS

भीआईपी सिटमा प्रचण्डका छोरी ज्वाई, शक्तिको दुरुपयोग भन्दै आलोचना

भीआईपी सिटमा प्रचण्डका छोरी ज्वाई, शक्तिको दुरुपयोग भन्दै आलोचना




समायोजन खबर काठमाडौं,

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यले दशरथ रंगशालामा मंगलबार भीआईपी बस्ने कुर्सीमा बसेर दुरुपयोग गरेका छन् ।प्रचण्डकी छोरी गंगा र कान्छा ज्वाइँलाई दशरथ रंगशालामा भीआईपीको सिटमा किन राखेको भनेर सामाजिक सञ्जालमा हँगामा भएको छ ।

 

जीवन आचार्यले नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद् गगन थापाको पछाडि बसेका छन् । प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्यले सामाजिक सञ्जालमा तस्वीर सेयर आफैले सेयर गरेका छन् । उनले कुन हैसियतले भीआईपीको सिट प्रयोग गरेका हुन् ? भनेर सामाजिक सञ्जालमा प्रश्नहरू उठेका छन् ।

 

जीवन आचार्यको कुनै राजनीतिक हैसियत छैन । उनी सत्तारुढ नेकपाको कनिष्ठ नेता हुन् । उनी मोरङबाट प्रदेश सभामा उम्मेदवार बनेका थिए । पराजित भएका थिए ।प्रचण्डकी कान्छी छोरी गंगा दाहाल अर्थात जीवन आचार्यकी पत्नीलाई पनि कुन हैसियतले भीआईपी बस्ने सिट दिइएको हो भनेर प्रश्न उठेको छ ।

 

प्रचण्डको स्वकीय सचिव रहेकी गंगालाई आफ्नो बुबाको पदीय हैसियतका कारण भीआईपीको सिट दिइएको त होला भनेर सामाजिक सञ्जालमा टिप्पणी आएका छन् । त्यति मात्रै होइन प्रचण्डका नातिनीहरूले पनि दशरथ रंगशालामा भीआईपीको सिटमा बसेर मजा लिएका छन् ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology