Samayojan khabar

Advertisment

SKIP THIS

तीनजना मृत फेला

समायोजन खबर खोटाङ,
खोटाङको छुट्टाछुट्टै स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन् । ऐसेलुखर्क गाउँपालिका–२ देउराली जंगलमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–४ काउलेका अन्दाजी ६० वर्षीय टंक बहादुर राई मृत अवस्थामा फेला परेका छन् ।

१४ मंसिरमा घरबाट कसैलाई जानकारी नगराई हिडेका उनलाई खोजतलासका क्रममा आफन्तले मंगलबार जंगलमा मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरीको टोली खटाइएकोे र आवश्यक कानुनी प्रकृया पुरा गर्नुका साथै थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक आमोदकुमार खेरवारले जनाए ।

 

यस्तै, जन्तेढुङगा गाउँपालिका–४ डम्बर्खुशिवालयको सामाताङ खर्कडाँडाका अन्दाजी १७ वर्षीय भीम बहादुर दर्जी मृत फेला परेका छन् । घरबाट कसैलाई जानकारी नगराई हिडेका उनी घर नजिकैको रुखमा मंगलबार झुण्डिएको अवस्थामा आफन्तले फेला पारेको प्रहरीले जानकारी दिए । शव पोष्टमार्टमका लागि प्राथामिक स्वाथ्य चौकी चिसापानी ल्याइएको छ । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका अन्दाजी ८१ वर्षीय दीर्घराज राई मृत अवस्थामा फेला परेको खेरवारले बताए । आफन्तका अनुसार अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेका राई घर नजिकैको खोल्सामा बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन । शवलाई जिल्ला अस्पताल दिक्तेलमा पोष्टमार्टमका लागि ल्याईएको छ ।
२०७६ मंसिर १८ गते दिउँसो ४ : ४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

पानीमा रुज्दै गौरिका सिंहले यसरी साटिन खुशी

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...

भीआईपी सिटमा प्रचण्डका छोरी ज्वाई, शक्तिको दुरुपयोग भन्दै आलोचना

समायोजन खबर काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो...

पचास हजार घुससहित दुई पक्राउ

समायोजन खबर सर्लाही, नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका...

मुख्य समाचार

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

चिसो झन बढ्यो, उपत्यका र पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपात

समायोजन खबर काठमाण्डौ, काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा...

नारायणगढ-मुग्लिन सडक आजदेखी किन भयो बन्द ?

समायोजन खबर नारायणगढ, मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो...

काठमाण्डौ आसपास भूकम्पको धक्का महसुस

समायोजन खबर काठमाडौं, काठमाडौंलगायत आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...