महिला भलिबलमा नेपाल स्वर्ण जित्नबाट चुक्यो

समायोजन खबर काठमाडौं,
१३औं सागको महिला भलिबलमा नेपाल स्वर्ण पदक जित्नबाट चुकेको छ । मंगलबार भएको खेलमा भारतले नेपाललाई ३/२ को सेटमा हराएको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट भारत २५–१७ ले जितेको थियो ।
दोस्रो सेट २५/२४ ले जितेको नेपालले तेस्रो सेट २५/२१ ले जिन्त सफल भएको थियो । निकै प्रतिस्पर्धात्मक चौथो सेट भने नेपालले गुमाएको थियो । अन्तिम सेटमा नेपालले खासै उत्कृट खेल खेल्न सकेन र स्वर्ण पदक पनि भारतलाई सुम्पियो ।खेलको अन्तिम सेट १५/६ ले गुमाउदै नेपाल स्वर्णबाट बन्चित भयो । नेपालको लागि रजत पदक पनि ऐतिहासिक हो । नेपालले पहिलो पटक सागमा रजत जितेको हो ।
२०७६ मंसिर १७ गते राती ८:१० मा प्रकाशित