Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले उचाल्यो

चिसाङ शेर्पा बाग्लुङ,
बाग्लुङमा भएकोे दोश्रो गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले चुमेको छ । बडिगाड गाउँपालिका–५ ग्वालीचौर खारबजारमा भएको दुई दिवसीय प्रतियोगितामा ७ स्वर्ण, १ रजत र ६ कास्य पदक ल्याएर उपाधि चुमेका हुन् ।

 

१ नम्बर प्रदेशका तर्फबाट पुरुष एकलकातामा मोतिचन्द्र राई, पुरुष समुहकातामा अर्जुन श्रेष्ठ, रुरिहाङ दुमि र मोतिचन्द्र राईले स्वर्ण पदक जितेका हुन् । महिला समुहकातामा सोना राई, विद्याकला राई र रोश्मा राईले स्वर्ण पदक जितेका टिम प्रशिक्षक सन्जय कुमार राईले जानकारी दिए । पुरुष कुमितेतर्फ ६७ केजी तौलमा रुरिहाङ दुमि, ७५ केजी तौलमा रोहित बाँस्कोटा, माईनस ८४ केजी तौलमा ईश्वरधन राई, प्लस ८४ केजी तौलमा सागर राउतले स्वर्ण पदक ल्याएका हुन् ।

    टिम प्रथम पुरस्कार ग्रहणपछि सामूहिक तस्विरमा प्रशिक्षक तथा खेलाडीहरु । तस्विर चिसाङ शेर्पा

महिला एकलकातामा रोश्मा राईले रजत पदक ल्याएकी थिईन् । यस्तै, पुरुष कुमितेकै ५० केजी तौलमा सुर्यचन्द्र राई, ५५ केजी तौलमा विवेक थापा, ६० केजी तौलमा अर्जुन श्रेष्ठ र महिला कुमितेमा ६१ केजी तौलमा सुस्मिता राई, माईनस ६८ केजी तौलमा सोना राई र प्लस ६८ केजी तौलमा मिसडोना राईले कास्य पदक ल्याएकी हुन् । समुह प्रथम भएसँगै १ नम्बर प्रदेशले ८० हजार नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।

 

यस्तै, प्रतियोगितामा ४ स्वर्ण १ रजत र ६ कास्य ल्याएर प्रदेश नम्बर ४ दोश्रो र ३ स्वर्ण ४ रजत पदक ल्याएर बडिगाड डोजो तेश्रो भएका छन् । विजयी दोश्रो टिमले ५० हजार र तेश्रोले ३० हजार नगद पुरस्कारका साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।

टिम प्रथम पुरस्कार ग्रहणपछि सामूहिक तस्विरमा प्रशिक्षक तथा खेलाडीहरु । तस्विर चिसाङ शेर्पा

विजयी टिमहरुलाई गाउँपालिका अध्यक्ष मेहर सिंह पाईजा लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा सहभागिता जनाउने समूहले १५/१५ हजार नगद पाएका छन् । गाउँपालिकाको २२ लाख ५० हजार, दाताहरुको आर्थिक सहयोगमा आईतबार र सोमबार १७ स्वर्ण, १७ रजत र ३४ कास्यका लागि प्रतियोगिता भएको थियो ।
२०७६ मंसिर २ गते साँझ ६ :५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

पानीमा रुज्दै गौरिका सिंहले यसरी साटिन खुशी

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...

भीआईपी सिटमा प्रचण्डका छोरी ज्वाई, शक्तिको दुरुपयोग भन्दै आलोचना

समायोजन खबर काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो...

पचास हजार घुससहित दुई पक्राउ

समायोजन खबर सर्लाही, नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका...

मुख्य समाचार

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

चिसो झन बढ्यो, उपत्यका र पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपात

समायोजन खबर काठमाण्डौ, काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा...

नारायणगढ-मुग्लिन सडक आजदेखी किन भयो बन्द ?

समायोजन खबर नारायणगढ, मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो...

काठमाण्डौ आसपास भूकम्पको धक्का महसुस

समायोजन खबर काठमाडौं, काठमाडौंलगायत आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...