कसको नेविसंघ ? कस्तो नेविसंघ ?

राज कुमार बस्नेत समायोजन खबर,
शिक्षाको ज्योति, विद्यार्थी हकहित र माउ पार्टीको प्रजातन्त्रको लक्ष्यमा थप मद्दतको अपेक्षा सहित तत्कालीन नेपाली कांग्रेसका उच्च नेताहरुबाट स्थापना भएको नेविसंघले पाँच दशकको गौरवपुर्ण यात्रा तय गरिसकेको छ । शिक्षा क्षेत्रको बिकास मार्फत मात्र आधुनिक देशको निर्माण हुनसक्ने, शिक्षित समाजले मात्र प्रजातन्त्रको पहरेदारी गर्न सक्ने अनि शिक्षा क्षेत्रको हक अधिकार र बिकासको पबित्र उद्देश्य राखेर स्थापित नेविसंघको कलम र मसाल अंकित झण्डा मुनि लाखौं विद्यार्थी योद्धाहरुले रगत पसिना दिए, हामी त्यही पदचापमा छौं ।

तर, आजका दिनमा नेविसंघ के आफ्नो जिम्मेवारीमा इमानदार छ त ? के पार्टीका नेताहरुले नेविसंघलाई इमानदार पुर्बक सहयोग गर्ने र बाटो देखाउने काम भएको छ त ? यो प्रश्नको वरिपरि आजको नेविसंघ रुम्मलिएको छ । नेविसंघ धेरै बर्ष अघिदेखि लगातार आफ्नो नियमित अधिवेशनबाट पटकपटक विमुख हुनु । नेविसंघका नेताहरु आफ्नो मौलिक मुद्दा र एजेन्डाबाट विमुख भई पार्टीका नेताको भक्ति र इसारामा सकृय हुनु । विद्यार्थीको आवाज कम र राजनीतिक आवाज ज्यादा बन्नु, बनाइनु संगठनका दुर्भाग्य हुन् । भन्नुको अर्थ राजनीतिक आवाज नै बन्द गरिनुपर्छ भन्ने चाहिँ होइन, विद्यार्थीका रङ्गलाई ज्यादा गाढा गरिनु पर्दथ्यो ।

 

इतिहासमा नेविसंघले नेपाली राजनैतिक आन्दोलन हरुमै पराक्रमी उपस्थिति दर्ज गरेको छ । बि.सं २०२८ मा पन्चायतले ल्याएको राष्ट्रिय नयाँ शिक्षा योजनाको सशक्त बिरोध, विद्यार्थी आन्दोलन २०३२, विद्यार्थी आन्दोलन २०३५र२०३६, जस आन्दोलनले जनमत संग्रहको सिर्जना र्गयो । २०४२ को सत्याग्र र २०४६ को प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनको अग्रमोर्चामा होमियो भने २०६२र०६३ को दोस्रो जनआन्दोलनमा उतिनै भुमिका थियो । यी ऐतिहासिक कर्मले लेखिएको नेविसंघको इतिहासको पानामा आजको दिनमा थपिने अरु पानाहरु निस्शुल्क, गुणस्तरीय, सहज र जीवन उपयोगी शिक्षाको बहस र आन्दोलनमा होमिएको आधुनिक र युग मैत्री तथा लोकतान्त्रिक चरीत्र सहितको नागरिक उत्पादनका लागि नेविसंघ भनी लेखिनुपर्ने कुरामा भने संतोषजनक ठाउँ देखिदैन ।

 

आजको नेविसंघ भोलिको सिङ्गो कांग्रेस हो । बिगत इतिहासले त्यसै भन्छ । पार्टीका धेरै नेताहरु जो पछि गएर पार्टी सभापति भए, प्रधानमन्त्री भए, पार्टी पदाधिकारी भए, केन्द्रिय सदस्य भए, मन्त्री भए । यहाँ नाम उल्लेख गर्नु जरुरी नहोला, किनकि हामि सबैलाई थाहा भएको कुरा हो । तसर्थ, आजको नेविसंघले के गर्छ भन्ने कुराले भोलिको कांग्रेसको भविष्य निर्धारण हुने हो । आजको नेविसंघको कर्मले भोलिको कांग्रेसको आयतन तय गर्ने हो ।

त्यसो भए, भविष्यको कांग्रेस आजको नेविसंघ हो भने किन नेविसंघलाई हिजै देखि पार्टी नेतृत्वबाट थिलथिलो बनाएको ? किन थिलथिलो बनाउने ? किन पोखरी जस्तो जमाएर राखेको ? किन नदि जस्तो बग्न नदिने ? किन पार्टीका नेताहरुले आफ्नो गुट स्वार्थका लागि प्रयोग गर्ने ? किन योग्यहरुलाई आवधिक निर्वाचन मार्फत नेविसंघको नेतृत्वमा पुग नभन्ने परिस्थितिलाई निरन्तरता दिने ? आफ्नो चरित्र र एजेन्डा बिर्सिएको नेविसंघ र नेतृत्व तयार गरेर कसरी नयाँ पुस्तामा प्रभाव सिर्जना गर्न सकिन्छ र ? किन नेविसंघका नेताहरू पनि आफ्नो विवेकले काम गर्दैनन् ? किन पार्टी नेतृत्वको लगामको बिरोध गर्दैनन ?

 

यी माथीका प्रश्नहरुको इमानदार उत्तर खोज्यौं भने मात्र नेविसंघलाई सशक्त, उर्जाशील, युग सुहाउँदो, ऐतिहासिक जीवन्तता, भविष्य निर्माता, नयाँ पुस्ताको सारथि र सम्बाहक शक्तिको रुपमा स्थापित गराउन सकिन्छ । यस कामका लागि जो साथीहरु नेविसंघको मोर्चामा छौं र पार्टीका नेताहरुको अहम् भुमिका रहने छ । आज माउ पार्टी कांग्रेस संसदमा कमजोर अबस्थामा छ । अब प्रश्न गएको निर्वाचनको हारको होइन, भोलिको कांग्रेस कस्तो हुने भन्ने हो । त्यसका लागि आजको नेविसंघले सबैभन्दा ठुलो अर्थ राख्न सक्नुपर्दछ । आजको नेविसंघले आफ्नो दायित्वमा सम्झौता नगरोस् । आफू भित्र झगडा नगरोस् । देशको शिक्षा क्षेत्रका विसंगति र विकृतिहरुका साथै युवाहरुको अन्योल भविष्यको समस्यालाई पहिचान गरि त्यसको उपचारमा होमियोस । त्यस प्रयत्नले हाम्रो संगठनको साख बढ्ने छ । नागरिकहरुमा बिश्वास सिर्जना हुनेछ ।

 

दिनदिनैका समाचारहरुमा भनिदै छ, मेडिकल विद्यार्थीहरु कलेज संचालक हरुबाट कुटिदै छन् । विश्वविद्यालयहरुमा योग्यताको आधारमा नभई राजनैतिक र नाता(सम्बन्धका आधारमा पदाधिकारी नियुक्ति भएका छन । विश्वविद्यालयहरुले विद्यार्थी अनुकुल नभई स्वार्थ अनुकुल शैक्षिक प्रणाली र शुल्क विद्यार्थी माथी लाद्ने काम गरेका छन । विभिन्न बहाना बनाएर विद्यार्थीहरुको अधिकार र नेतृत्व विकासको थलो स्ववियुलाई निस्तेज पारिएको छ । खोई नेविसंघले यी मुद्दा विरुद्ध बोलेको ? हाम्रो दायित्व र सरोकार विद्यार्थी हक हितको आन्दोलन भन्दा पर गएर पार्टी नेताको परिक्रमाको लागि मात्र कसरी हुन सक्छ ? कसरी सकेको ? मेडिकल संचालकहरुले खुलेआम अतिरिक्त शुल्क लिएको कुरा तथ्य सहित बाहिर आएको छ । विद्यार्थीहरु लगातार पढाइ छाडेर आन्दोलनमा छन् । जायज माग राख्दा उनिहरुले कुटाइ खाएका छन, थुनिएका छन्, बन्धक बनाइएका छन तर पनि हामी मौन छौँ । नेविसंघ मौन छ । हामी आफैंले पहिचान गर्नुपर्ने मुद्दालाई अरु द्वारा नै पहिचान भइ सक्दा पनि हामी किन मौन ? हो यस्तो सुस्तता र बेखबरको तरिकाले हामि कहीँ पुग्दैनौं । नेविसंघ कहीँ पुग्दैन ।

 

अहिले अधिकांस स्कुल र कलेजहरुले महङ्गो शुल्क लिएका छन, लिदै छन् । हामीले आँखा चिम्लिएर बस्न सुहाउँछ ? धनीका सन्तानले मात्र राम्रो शिक्षामा पहुँच राख्ने अवस्थाको निदान कसरी खोज्ने ? हाम्रो अहिलेको मुल उद्देश्य यो बाहेक अर्को कसरी हुनसक्छ ? दुर दराजका विद्यालयमा आवश्यक भौतिक पुर्वाधारको निर्माण, योग्य र विषयगत तथा पर्याप्त शिक्षकहरुको छनौट र पूर्ति, पाठ्यक्रम अनुसार अध्यापन, उनिहरुलाई उपयुक्त सेवा सुबिधा, बालबालिकाले नियमित स्कुल जाने वातावरण, विद्यार्थीहरुले बीचमै विद्यालय नछाड्ने अवस्थाको सिर्जना, उनिहरुको निस्शुल्क स्वास्थ्यको ग्यारेन्टी, उनीहरुलाई पोसिलो खाजा, बालिकाहरुमा रजस्वलाको समयमा हुने असहजताको निदान, आधुनिक प्रबिधिहरुको जडान र जसका माध्यमद्वारा अध्यापन आदि विषयमा हामीले नबोलेर कस्ले बोल्ने ?

 

नेविसंघ स्थापनाको उद्देश्यबाट बन्चित भएर आफ्नो आन्तरिक कलहमा धेरै फसिराख्नु र पार्टी नेतृत्वबाट पनि त्यसैलाई सहयोग र्पुयाउनु भविष्यका लागि राम्रो होइन । अब, नेविसंघले एउटा प्रष्ट गन्तब्य सहित बाटो पक्डियोस् । चाँडो नेविसंघको समय अनुकुल नेतृत्व आउने वातावरण बनोस् । नेतृत्व कसरी आउने र को आउने भन्ने विवाद र तिक्तताको हुरीले माउ पार्टीको इज्जतलाई नै बढार्दै छ । यो कलह र गतिहीनताबाट नेविसंघ निस्कियोस्, निकालियोस् । नेविसंघले राम्रो मुद्दामा आफुलाइ केन्द्रित गर्नसके, नेविसंघको संगठन बलियो भएर जानेछ । यो अहिलेको विद्यार्थी पुस्ता भोलि स्वतस् पार्टीमा जोडिने छ । भोलिको मतदाता अहिलेको विद्यार्थीको जमात हो । नेकपाको सरकारले लोकतन्त्रका न्युनतम मुल्य मान्यता माथी प्रहार गर्दैछ । खुल्ला समाजलाई कुन्ठित गर्ने कोसिस हुँदै छ । शासकको कुकर्मका बिरुद्ध आवाज उठाउने कुरामा धेरै सोच्नुपर्ने वातावरणको सिर्जना गरिदै छ । नेविसंघ यी गैह्रलोकतान्त्रिक मुद्दाहरुको विरुद्धमा बलियो अबस्थामा लड्नलाई वातावरण बन्न सक्छ कि सक्दैन ? यसका लागि नेविसंघका नेताहरुले र पार्टी नेतृत्वले तत्काल विवेक र्पुयाउछन या के गर्छन्, देशै भरिका लाखौं नेविसंघका कार्यकर्ताहरुको अहिलेको मुल प्रश्न नै यहि हो । लेखक राज कुमार बस्नेत नेविसंघ खोटाङका सभापति हुन् ।
२०७६ कार्तिक २१ गते बिहान ९ः१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

इसानको ‘बुद्धम शरणम गच्छामी’

समायोजन खबर खोटाङ, गायक इसान बशन्तको नयाँ गीत ‘बुद्धम...

खोटाङको सरस्वती माबिमा विद्यालय नर्सिङ कार्यक्रम

समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित...

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले उचाल्यो

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भएकोे दोश्रो गाउँपालिका अध्यक्ष कप...

दोश्रो गाउँपालिका अध्यक्ष कप कराते :१ नम्बर प्रदेशले के गर्ला ?

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भईरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप...

गाउँपालिकाले छान्यो १० शिक्षक

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १० शिक्षक छनौट...

मुख्य समाचार

इसानको ‘बुद्धम शरणम गच्छामी’

समायोजन खबर खोटाङ, गायक इसान बशन्तको नयाँ गीत ‘बुद्धम...

खोटाङको सरस्वती माबिमा विद्यालय नर्सिङ कार्यक्रम

समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित...

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले उचाल्यो

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भएकोे दोश्रो गाउँपालिका अध्यक्ष कप...

दोश्रो गाउँपालिका अध्यक्ष कप कराते :१ नम्बर प्रदेशले के गर्ला ?

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भईरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप...

गाउँपालिकाले छान्यो १० शिक्षक

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १० शिक्षक छनौट...