Samayojan khabar

Advertisment

SKIP THIS

छठ पर्व सम्पन्न

समायोजन खबर काठमाण्डाै,

छठ पर्व अन्तर्गत व्रतालुहरूले आइतबार उदाउँदो  सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरू यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ्य अर्पण गरेका थिए ।

 

अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ । छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

 

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ । छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरू पनि त्यत्तिकै छन् । वैज्ञानिक र ज्योतिष तथा चिकित्सकहरूले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् ।

 

ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी पनि व्रतालुहरूले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ । छठका अवसरमा बेहुलीझैँ सिङ्गारिएका पोखरी र तलाउमा नववस्त्रमा सजिएका श्रद्धालुहरूको भीड पनि दर्शनीय रहेको थियो ।

२०७६ कार्तिक १७ गते बिहान ८ :३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

पानीमा रुज्दै गौरिका सिंहले यसरी साटिन खुशी

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...

भीआईपी सिटमा प्रचण्डका छोरी ज्वाई, शक्तिको दुरुपयोग भन्दै आलोचना

समायोजन खबर काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो...

पचास हजार घुससहित दुई पक्राउ

समायोजन खबर सर्लाही, नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका...

मुख्य समाचार

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

चिसो झन बढ्यो, उपत्यका र पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपात

समायोजन खबर काठमाण्डौ, काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा...

नारायणगढ-मुग्लिन सडक आजदेखी किन भयो बन्द ?

समायोजन खबर नारायणगढ, मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो...

काठमाण्डौ आसपास भूकम्पको धक्का महसुस

समायोजन खबर काठमाडौं, काठमाडौंलगायत आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...