Samayojan khabar

Advertisment

SKIP THIS

उत्साहजनक छैन मादल व्यापार

चिसाङ शेर्पा खोटाङ,
आधुनिकताका कारण तिहारको संघारमा समेत मादल विक्रीमा कमि आउन थालेको छ । पछिल्लो समय बजारमा पाईने विभिन्न विधुतीय सामग्रीहरुले स्थानीय स्तरमा निर्माण हुने मौलिक बाजा मादल विक्रीमा कमि आउन थालेको हो । सिजनमा समेत मादल एकदमै कम विक्री हुने गरेका छन् ।

रावाबेंशी गाउँपालिका–६ हौचुरमा करीब २० सालयता मादल बनाउदै आएकाहरु मादलको खस्कदो व्यापार भएको बताउछन् । हौंचुरमा मादल बनाउदै आएका आश बहादुर धौलकोटेले मनग्गे मादल बनाउछन् । तर, भनेजस्तो बजार र बजारमा विक्री नहुंदा उनी पनि यस पेशाप्रती निराश बन्दै गएका छन् । उनीजस्तै त्यस आसपासमा ८/९ जनाले मादल बनाउने गरेको स्थानीय रेशम धौलकोटेले बताए ।


मादल बनाउन धेरै मेहेनत र समय लाग्छ । एकदिनमा एउटा मात्रै मादल बनाउन सकिने रेशम बताउँछन् । बनेका मादलहरु जिल्लाको ऐंसेलुखर्क, बाक्सिला र दिक्तेलमा विक्री गर्न लाने गरिएको छ । साईज अनुसारका मादल बल्लतल्ल एक हजार रुपौयाँदेखी पाँच हजारसम्म विक्री हुने गरेको छ । तिहारको समयमा समेत मादल विक्रीमा खास उत्साह छैन । बजारमा बजाउने खालका विभिन्न विधुतीय सामग्रीहरु भित्रियो । पहिले नाचगान, देउसीभैलो कार्यक्रममा मादल खोज्थे, रेशमले भने, ‘अहिले विभिन्न उफरहरुले गर्दा मादल खोज्ने मान्छे पाईन्दैन, व्यापार कहाँबाट हुनु ।’

 

स्थानीय लाम्पाते र मलाताको काठ र बाख्राका छालाबाट बन्ने मादलका लागि परालको धुलो, काँचको धुलो, किटको धुलो आवाश्यक पर्दछ । स्थानीय स्तरमै कच्चापदार्थ पाइए पनि बनेका मादल विक्री नहुंदा पेशा खुम्चिदै गएको छ । पहिले पहिले धेरै मात्रामा विक्री हुने मादल हाल आएर विक्री नहुनुमा आफ्नो संस्कार, संस्कृतीमा प्रयोग हुने मौलिक बाजाहरुको संरक्षणमा मानिसले बेवास्ता गरेको देखिएको मौलिक भेषभुषा र बाजा विक्री गर्दै आएका दिक्तेलका व्यापरी किसन कुमार राईले बताए । मादल विक्रीमा कमि आउनुले यस पेशा गर्नेलाई पेशा बचाउन मुस्किल हुंदै गएको छ भने, हाम्रो संस्कार,संस्कृतीमा प्रयोग हुने मौलिक बाजाहरु दिनानु दिन लोप हुंदै गएको छ ।
२०७६ कार्तिक ६ गते दिउँसो ४ :३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

पानीमा रुज्दै गौरिका सिंहले यसरी साटिन खुशी

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...

भीआईपी सिटमा प्रचण्डका छोरी ज्वाई, शक्तिको दुरुपयोग भन्दै आलोचना

समायोजन खबर काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो...

पचास हजार घुससहित दुई पक्राउ

समायोजन खबर सर्लाही, नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका...

मुख्य समाचार

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

चिसो झन बढ्यो, उपत्यका र पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपात

समायोजन खबर काठमाण्डौ, काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा...

नारायणगढ-मुग्लिन सडक आजदेखी किन भयो बन्द ?

समायोजन खबर नारायणगढ, मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो...

काठमाण्डौ आसपास भूकम्पको धक्का महसुस

समायोजन खबर काठमाडौं, काठमाडौंलगायत आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...