होलेसुङ-जनकराज मार्ग गोल्डकप : आयोजकको विजयी सुरुवात

समायोजन खबर खोटाङ,
होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला सिली फुटबल क्वलले विजयी सुरुवात गरेको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सञ्चालन हुँदै आएको गोल्डकपको उद्घाटन खेलमा सिर्जनात्मक एकता युवा सेवा समाज च्यास्मीटारलाई पेनाल्टी सुटआउटमा ४ का विरुद्ध ५ गोल गर्दै साकेला सिलीले विजय यात्रा तय गरेको हो ।

निर्धारित समय बराबरी २/२ गोलमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । दुर्छिमका स्थानीयबासीको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’को नाममा २०७३ सालदेखि सुरु गरिएको होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको चौथो संस्करण प्रदेशसभा सांसद उषाकला राईले उद्घाटन गरेकी हुन्। हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको देबिस्थान खेलमैदानमा उद्घाटन गरिएको गोल्डकपको फाईनल खेल दुर्छिमको बोहेम्मास्थित ‘कृष्णराम–मोतिप्रसाद राई रङ्गशाला’मा सञ्चालन गरिने आयोजक साकेला सिली फुटबल क्लबका अध्यक्ष कमल राईले बताए ।

प्रतियोगीता साकेला सिली फुटबल क्लव, हलेसी तुवाचुङ फुटबल क्लव र सिर्जनात्मक एकता युवा सेवा समाजको संयुक्त आयोजनामा सुरु गरिएको हो । प्रतियोगीतामा विभिन्न जिल्लाका २२ टिमको सहभागीता रहेको छ । पुरुष फुटबल प्रतियोगीतामा प्रथम हुने टिमले नगद १ लाख र रनिङ कप तथा दोश्रो हुने टिमले ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक साकेला सिली फुटबल क्लबका अध्यक्ष राईले बताए । प्रतियोगीताका सेमीफाइनलिष्ट टिमले नगद २०/२० हजार प्राप्त गर्ने छन् । यस्तै, प्रतियोगीताका उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई ५/५ हजार राशीको ‘अमृता–अदिलसेर राई मुइमालाम बेस्ट अवार्ड’का साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले बताए । प्रतियोगीताका अनुशासित टिमलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
२०७६ कार्तिक ३ गते साँझ ६ :५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

इसानको ‘बुद्धम शरणम गच्छामी’

समायोजन खबर खोटाङ, गायक इसान बशन्तको नयाँ गीत ‘बुद्धम...

खोटाङको सरस्वती माबिमा विद्यालय नर्सिङ कार्यक्रम

समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित...

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि १ नम्बर प्रदेशले उचाल्यो

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भएकोे दोश्रो गाउँपालिका अध्यक्ष कप...

दोश्रो गाउँपालिका अध्यक्ष कप कराते :१ नम्बर प्रदेशले के गर्ला ?

चिसाङ शेर्पा बाग्लुङ, बाग्लुङमा भईरहेको दोश्रो गाउँपालिका अध्यक्ष कप...

गाउँपालिकाले छान्यो १० शिक्षक

समायोजन खबर खोटाङ, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले १० शिक्षक छनौट...

मुख्य समाचार