Samayojan khabar

Advertisment

SKIP THIS

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने




समायोजन खबर काठमाण्डौ,

चिनियाँ राष्ट्रपति सी जिनपिङको आउँदाे शनिबार नेपाल आउनुहुने भएको छ । राष्ट्रपति सी को राजकीय भ्रमण अक्टोबर १२ र १३ अर्थात आउने शनिबार र आइतबारका लागि तय गरिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

चिनियाँ राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राजकीय  भ्रमणका क्रममा नेपाल आउन लाग्नुभएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जनाएको छ । राष्ट्रपति सी को भ्रमण आउने शनिबार र आइतबार नै हुने भनिए पनि तालिका हेरफेर हुनसक्ने भन्दै सरकारले आधिकारिक रुपमा केही बताएको थिएन ।चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुहुनेछ ।

भ्रमणका क्रममा केही दुईपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ । चिनियाँ राष्ट्रपति सी शुक्रबार अक्टाेबर ११ मा भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भारत भ्रमण सकेर चीन फर्कने क्रममा उहाँ शनिबार काठमाण्डौ ओर्लने र आइतबार चीन जाने तय भएको हो । उहाँको स्वागतका लागि काठमाण्डौमा तयारी तीव्र पारिएको छ । सुरक्षा व्यवस्थादेखि सडक सफा गर्ने, कालोपत्रे गर्ने, पार्क बनाउने लगायतका काम धमाधम भइरहेका छन् ।

 

यससँगै सी २३ वर्ष यता नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति बन्नुहुनेछ । काठमाण्डाैमा रहँदा चिनियाँ राष्ट्रपति जिनपिङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुहुनेछ । त्यस अवसरमा केही दुईपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।

२०७६ असोज २२ गते दिउँसो १ :२९ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology