Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषित

भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषित




समायोजन खबर भोजपुर,

लामो समयको अभ्यासपछि भोजपुर नगरपालिका मंगलबारबाट खुल्ला दिशामुक्त नगरपालिका घोषित भएको छ । २ सय २१ घरधुरीको बसोबास रहेको वडा नं. ७ मा सबैले सेफ्टी ट्याङ्की सहितको शौचालय निमार्ण गरी आवश्यक सुचाङ्क पुरा गरेकाले नगरलाई एक कार्यक्रमका बिच खुल्ला दिशामुक्त नगर घोषणा गरिएको हो ।

त्यहाँका जिल्ला समन्वय प्रमुख लक्ष्मण खड्का, नगर प्रमुख कैलाश आले र प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा लगायत सरोकारवाले प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरेर नगरलाई खुल्ला दिशाामुक्त घोषणा गरेका हुन् । ९ स्थानिय तह रहेको भोजपुरमा साविकका ५४ वटै गाविस र षडानन्द नगरपालिका खुल्ला दिशामुक्त बनेको १ वर्ष भएपनि भोजपुर नगरपालिकाको मुख्य बजार वडा नं. ७ का कारण खुल्ला दिशामुक्त बन्न सकेको थिएन । कार्यक्रममा खुल्ला दिशामुक्त नगर बनाउन सहयोग गर्ने राजनितिक पार्टी संघ संस्थालाई कदर पत्र वितरण गरिएको थियो । नगर खुल्ला दिशामुक्त घोषणा भएसँगै जिल्लालाई आगामी भदौ ४ गते खुल्ला दिशामुक्त घोषणा गर्ने बाटो खुलेको छ ।

२०७६ असोज १ गते बिहान १० :०१ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology