दिप्रुङ चुइचुम्मा गाउँपालिकाले उपलव्ध गरायो शिक्षक अनुदान कोटा

समायोजन खबर खोटाङ
दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सामुदायिक विद्यालयलाई शिक्षक अनुदान कोटाका लागि बजेट उपलव्ध गराउने निर्णय गरेको छ । विद्यार्थी संख्याको तुलनामा शिक्षकको दरबन्दी संख्या कम भएको र पठन–पाठनमा कठिनाइ झेलिरहेका विद्यालयलाई छानेर गाउँपालिकाले शिक्षक अनुदान कोटा उपलव्ध गराएको हो ।

गाउँपालिकाभित्रका पाँच वटा माविमा एक वर्षका लागि एक/एक जना मावि शिक्षक नियुक्तिका लागि १३ लाख ५० हजार, सात वटा आधारभुत विद्यालयमा एक/एक जना आधारभुत तहको शिक्षक नियुक्ति गर्नका लागि १३ लाख ८६ हजार, तीन वटा प्राविमा एक/एक जना प्रावि शिक्षक नियुक्ति गर्नका लागि ५ लाख ४० हजार र आठ विद्यालयमा बालविकास केन्द्रको शिक्षक राख्नका लागि ३ लाख ९२ हजार ४ सय गरी कुल ३६ लाख ६८ हजार ४ सय रुपैयाँ बजेट व्यवस्था गरिएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

गाउँपालिकाले मावि तहका करार शिक्षकलाई मासिक ३० हजार, आधारभुत तहका शिक्षकलाई मासिक २२ हजार, प्रावि तहको शिक्षक नियुक्तिका लागि २० हजार र बालविकास केन्द्रका लागि मासिक ५ हजार ४५० रुपैयाँ दिनेगरी शिक्षक अनुदान कोटा उपलव्ध गराएको जनाएको छ । नयाँ शैक्षिक सत्रको सुरुमै दरवन्दी मिलान गरेको गाउँपालिकाले शिक्षकको आवश्यकताका आधारमा विद्यालयलाई करारमा शिक्षक नियुक्ति गर्नका लागि अनुदान कोटा दिएको हो । गाउँ पालिका शिक्षा समितिका संयोजक मणीकुमार गिरीको संयोजकत्वमा बनेको समितिले गरेको सिफारिसका आधारमा गाउँपालिकाले विद्यालयलाई करारमा शिक्षक राख्नका लागि अनुदान कोटा दिएको जनाएको छ । विद्यार्थी नभएको विद्यालयमा शिक्षक बढी र विद्यार्थी बढी भएको विद्यालयमा शिक्षकको अभाव देखिएपछि शिक्षकको सरुवा तथा दरबन्दी मिलान गरियो ।

 

यसबाट पनि कतिपय विद्यालयमा शिक्षकको समस्या हल भएन,’ गाउँपालिका अध्यक्ष राईले भन्नुभयो, विद्यालयको शैक्षिक गुणस्तरलाई समान र समावेशी तरिकाले उकास्ने उद्देश्यले दरबन्दी नभएका र शिक्षकको अभाव झेलिरहेका विद्यालयलाई शिक्षक अनुदान कोटा दिने निर्णय गरिएको हो ।’  गाउँ शिक्षा समितिको भदौ ११ गतेको बैठकको निर्णय अनुशार गठित समितिले सिफारिस गरेको प्रतिबेदनका आधारमा शिक्षक अपुग भएका र करारमा शिक्षक राख्नुपर्ने खालका विद्यालयलाई छनौट गरेर अनुदान कोेटा दिने निर्णय गरिएको हो ।
२०७६ भदौ ३० गते दिउँसो ३ :३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

महिला व्रत बसेको दिन यौन सम्पर्क गर्न हुन्छ कि हुदैन ?

समायोजन खबर एजेन्सी, महिला व्रत बसेको दिन यौन सम्पर्क...

मुख्य समाचार

गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापन गर्नेमा दिप्रुङ दोश्रो

चिसाङ शेर्पा खोटाङ, दश स्थानीय तह रहेको खोटाङमा पालिकाको...

गिट्टी कुटेर तिहार मनाउनु छ

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएका बृद्ध रहरले गिट्टी कुटेजस्तो...

सुन सफा गर्ने भन्दै ठगी गर्ने भारतीय पक्राउ

समायोजन खबर खोटाङ, सुन सफा गर्ने भन्दै ठगी गर्ने...

खेलकुदमा राजनीतिकरण

समायोजन खबर खोटाङ, हलेसी तुवाचुङ नगरपालिकामा सोमबारबाट सुरु भएको...

कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन

समायोजन खबर काठमाडौं, पाञ्चांग निर्णायक समितिले यस वर्षको तिहारमा...