रोल्पामा पहिरोले एक घरमा छ जना पुरिए

रोल्पामा पहिरोले एक घरमा छ जना पुरिए




समायोजन खबर रोल्पा,
रोल्पाको थबाङमा पहिरोले छ जना पुरिएका छन् । थबाङ-२ छेर्लबाङमा मध्य रातमा आएको पहिरोले एक घर पुरेको छ । पुरिएको घरमा दुई परिवाका ६ जना बस्दै आएका थिए । छिमेकी बिस्मल झाक्रीका अनुसार दुई जनाको शब फेला पारिएको छ । दुईवटा शब फेला परेको प्रहरीले पनि पुष्टि गरेजो छ ।

दुईतले ढुंगे घरको माथिल्लो तलामा बस्दै आएकी २८ बर्षिय शीरकुमारी बुढा र उनकी ४ वर्षका छोरा अशलको शब पुरिएको अवस्थामा गाउँलेले शुक्रबार बिहान ८:३० फेला पारेका हुन् । “सुतेकै अवस्थामा पहिरोले च्यापिएको फेला पारियो ।”, छिमेकी झाक्रीले अन्नपूर्णसँग भने, “अर्को परिवार भुँईतलाको कोठामा भएकाले पुरिएको आशंका छ ।” पहिरोले घर पुरेकाले उद्दार गर्न कठिनाई भैरहेको छ ।
पुरिएर वेपत्ता हुनेहरुमा ३६ वर्षका जय बुढा, उनको पत्नी वर्ष ४० कि मुलज्योती बुढा, वर्ष १० कि छोरी गृष्मा र डेढ वर्षकि छोरी छन् । उद्दारमा खटिएका गाउँलेले उनीहरु जिवितै फेला पर्ने संभावना न्युन रहेको बताउँछन् । घरमा रहेका पशु चौपाया पनि पुरिएका छन् । पुरिएको घरमाथिको पहिरो पन्छाउन पुगेका छिमेकीले केही गाई गोरु समेत मृत वस्थामा फेला पारेका छन ।

घरमाथि खनिएको सडकको माटो सहित आएको पहिरोले घर पुरिएको थबाङकै स्थानिय एवं सत्ताधारी नेकपाका नेता सविन बुढाले बताए । सडकको ब्याक कटिङका बेला सडक छेउको घर जोगाउन त्यहाँको माटो लगेर अन्यत्र थुपारिएको थियो । केही दिन अघिदेखि यहाँ परेको अविरल वर्षाले थुपारिएको माटो सहित पहिरो गएर घर सहित मानिस पुरिएका हुन् । गाउँलेले बिहानै घटनाबारे प्रहरीलाई खबर गरेका थिए। थबाङ इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली घटना स्थल पुगिसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्र गुरुङले बताए । छिमेकी मिरुल रानागाउँ र कुरेलीबाट पनि प्रहरी टोली घटना स्थलमा परिचालन गरिएको छ ।

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology