जन्मदिनमा गरिब विधार्थीलाई पोशाक र कलम वितरण

जन्मदिनमा गरिब विधार्थीलाई पोशाक र कलम वितरण

जन्मदिनमा विधार्थीलाई पोशाक वितरण गर्दै जगदम्बा माविका विव्यास अध्यक्ष ओम प्रकाश घिमिरे । तस्विर समायोजन खबर

चिसाङ शेर्पा खोटाङ,
पछिल्लो पुस्तामा सामान्यतय सवैले नातेदार, साथीभाई भेला पारेर जन्मदिन मनाउछन् । रमाउने, खाने गर्छन् । तर ! जिल्लाका एक युवाले आफ्नो जन्मदिनमा गरिब विधार्थीलाई पोशाक र अन्य विधार्थीलाई कलम वितरण गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपास्थित जगदम्बा माध्यमिक विधालयका विधालय व्यवस्थापन समिति अध्यक्ष ओम प्रकाश घिमिरेले भने, आफ्नो २७ औं जन्मदिनमा गरीब चार विधार्थीलाई पोशाक र दुई सय विधार्थीलाई कलम वितरण गरे । विधालय परिवारसँग मंगलबार जन्मदिन मनाउदै घिमिरेले पोशाक र कलम वितरण गरेका हुन् ।

जिल्लाको हकमा कान्छो विव्यास अध्यक्ष बनेका उनले शिक्षा क्षेत्रलाई मजबुत बनाउन सवै जागरुक हुनुपर्ने बताए । साहित्यकार, अधिबक्ता समेत रहेका उनी २०७४ माघबाट सो विधालयका विव्यास अध्यक्ष बनेका हुन् । बुईपामा सात आधारभूत र दुई मावि छन् ।
२०७६ भदौ २४ गते साँझ ५ :१९ मा प्रकाशित

ADVERTISMENT

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology