Samayojan khabar

Advertisment

SKIP THIS

शिक्षा क्षेत्रका दर्जन व्यक्ति सम्मानित

चिसाङ शेर्पा खोटाङ,
शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिबसको अवसरमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले दर्जन व्यक्तिलाई सम्मान र पुरस्कृत गरेको छ । ४० औं शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विधालय व्यवस्थापन अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, विधार्थीलाई सम्मान तथा पुरस्कृत गरेका हुन् ।

 

आईतबार र सोमबार गाउँपालिकामा भएको कार्यक्रममा पालिकाभरीका उत्कृष्ट विव्यास अध्यक्षमा शान्ति माध्यमिक विधालय टेम्माका धनुका राईलाई २० हजार, मावितर्फ धिप्लुङ मावि सेम्माका प्रअ नरेन्द्र राई र आधारभूत विधालतर्फ पञ्चकौशिका भण्डारेघाटका प्रअ पदम कुमार बस्नेतलाई जनही २६ हजार ६ सय ६७ रुपैयाँ, उत्कृष्ट शिक्षकतर्फ सरस्वती मावि डाँडाखर्कका रघुनाथ चौधरी र महेन्द्रोदय मावि ओख्रेका सरीता राईलाई जनही २४ हजार र धिप्लुङ मावि सेम्माका नरेन्द्र निर्विकारलाई २६ हजार ६ सय ६७ रुपैयाँद्धारा साहित्य पुरस्कार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।


यस्तै, २०७५ सालको एसईई परिक्षामा पालिकाभरीमा उत्कृष्ठ अंक ल्याउने सरस्वती मावि डाँडाखर्कका रमेश थापालाई २४ हजार, महेन्द्रोदय मावि ओख्रेका जानुका विष्टलाई २० हजार र सोही विधालयका दिपेन कटुवाल र जीवन विष्टलाई जनही १६ हजार नगद पुरस्कार दिइएको छ । दिवसकै अवसरमा सरस्वती मावि डाँडाँखर्कका पस्मिन लामालाई १६ हजार, पञ्चकौशिका मावि भण्डारेघाटका जूना भुजेललाई १३ हजार ३३३, सोही विधालयका सुजन राईलाई ६ हजार ६६७ र महेन्द्रोदय मावि ओख्रेका जोनीसा थापालाई १० हजार ६६७ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

सगीधन राई अक्षयकोषले पनि एसईईमा उत्कृष्ट अंक ल्याउने सरस्वती मावि डाँडाखर्कका रमेश थापा, दलित जनजातिबाट उत्कृष्ट अंक ल्याउने सोही विधालयका छात्रा समिक्षा राईलाई जनही ८ हजार र शान्ति मावि टेम्माका निशन राईलाई ५ हजार ३३३ रुपैयाँ पुरस्कार प्रदान गरेका छन् । यसैगरी पोखरी भित्र बाहिर, हिसाब दौड, निवन्ध प्रतियोगिता, हाजिरी जवाफ, वक्तृत्वकला खेलकुदमा प्रथम दितीय र तृतिय विधार्थीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ । पुरस्कार गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल, शिक्षक लगायतले प्रदान गरेका थिए । शिक्षा क्षेत्रमा परिवर्तन गर्दै प्रगतीपथमा पुगेकालाई प्रोत्साहन र अन्यलाई सिकोका लागि सम्मान तथा पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

केपिलासगढी गाउँपालिकाले सम्मान गरेका पाँच जना शिक्षक र गाउँपालिका अध्यक्ष कृष्णकुमार राई । तस्विर सौजन्य कृष्णकुमार राईको फेसबुक

यस्तै, शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिबसको अवसरमा केपिलासगढी गाउँपालिकाले पाँच जना शिक्षकलाई सम्मान गरेको छ । गाउँपालिकाले सुर्य मावि सुङदेलका सरोज थापा, पत्करु आधारभूत फेदीका देश कुमार राई, तोमाने आधारभूत फेदीका धनिक राई, युवा ज्योती प्रावि दिप्सुङका राश बहादुर राई र राष्ट्रिय माविका मन प्रसाद राईलाई जनही ५/५ नगद र सम्मानपत्र प्रदान गरिएको छ । यस्तै, हाजिरी जवाफमा सनसाईन इङ्लिस बोर्डिङ प्रथम, पृथ्वी मावि दितिय र थर्पुडाँडा मावि तृतीय भएका थिए । शिक्षक तथा हाजिरी जवाफ प्रतियोगिताका विजयी समुहलाई गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले पुरस्कार प्रदान गरेका थिए ।

जालपा मावि नुनथलाका शिक्षिका चन्द्रकला भुजेललाई विदाईपछि सामूहिक तस्विरमा विधालय परिवार । तस्विर सौजन्य सुरेश राईको फेसबुक

यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा अवस्थित जालपा मावि नुनथलाले शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिबसको अवसरमा बिद्यालय र अभिभावकबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता गरेको छ । विधार्थीका लागि रिले दौड, हिसाब दौड, चक्लेट दौड, हाईजम्प, लङजम्प, ट्रिपल जम्प, सटपुट, सदन स्तरीय भलिबल प्रतियोगिता, अक्षर चिनारी, अनुलेखन प्रतियोगिता र अन्तर प्रावि हाजिरी जवाफ प्रतियोगिता गरेको छ । हाजिरी जवाफमा कालिका निमावि कुभिण्डे पहिलो, जालपा माबि नुनथला दोस्रो र पञ्चकन्या प्राबि तेस्रो भएका थिए । खेलकुदमा विजयी विधार्थीलाई वडाध्यक्ष भिम राई र शिक्षकहरुले पुरस्कार प्रदान गरे । विधालयले शिक्षक डिल्लीराम राई र शिक्षिका चन्द्रकला भुजेललाई बिदाई पनि गरेको छ ।
२०७६ भदौ २३ गते राती ९ : १४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

पानीमा रुज्दै गौरिका सिंहले यसरी साटिन खुशी

काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग)...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...

भीआईपी सिटमा प्रचण्डका छोरी ज्वाई, शक्तिको दुरुपयोग भन्दै आलोचना

समायोजन खबर काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो...

पचास हजार घुससहित दुई पक्राउ

समायोजन खबर सर्लाही, नेपाल–भारत सीमा नजिकै रहेको ब्रम्हपुरी गाउँपालिका...

मुख्य समाचार

हिमपातले कतै मनोरञ्जन कतै सास्ती,परीक्षासमेत स्थगन

समायोजन खबर डोल्पा, केहीदिन देखि हिमाली जिल्ला लगायत उच्च...

चिसो झन बढ्यो, उपत्यका र पहाडमा वर्षा, उच्च पहाड र हिमालमा हिमपात

समायोजन खबर काठमाण्डौ, काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा...

नारायणगढ-मुग्लिन सडक आजदेखी किन भयो बन्द ?

समायोजन खबर नारायणगढ, मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो...

काठमाण्डौ आसपास भूकम्पको धक्का महसुस

समायोजन खबर काठमाडौं, काठमाडौंलगायत आसपासको जिल्लामा बिहीबार साँझ भूकम्पको...

अक्षयकोषका लागि करोड संकलन अभियान

समायोजन खबर सोलुखुम्बु, शैक्षिक सुधारको लक्ष्य राखेर सोलुखुम्बुको एक...