मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर




समायोजन खबर काठमाण्डौ,
नेपाल राष्ट्रबैंकले मंगलबार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा रहेको थियो । यस्तै मंगलबार साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा तोकेको छ । सोमबार खरिददर ३० रुपैयाँ ३८ पैसा र बिक्रीदर ३० रुपैयाँ ५४ पैसा तोकेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४५ पैसा थियो । आज ओमानी रियालको खरिददर एकको २९७ रुपैयाँ ६३ पैसा रहेको छ । आज दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा छ । हिजो खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १९ पैसा रहेको थियो ।

यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०९ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो १ को खरिददर २७ रुपैयाँ ०९ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा रहेको थियो । कोरियन वनको १ सयको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तोकेको छ । सोमबार यसको १ सयको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा थियो ।

आज कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ४३ पैसा रहेको छ । सोमबार यसको १ को खरिददर ३७५ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ९९ पैसा थियो । यस्तै बहराइन दिनारको १ को खरिददर ३०२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो यसको १ को खरिददर ३०२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८० पैसा थियो ।
२०७६ भदौ १७ गते बिहान ११ :५२ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology