उपचुनावका लागि दल दर्ता आव्हान

उपचुनावका लागि दल दर्ता आव्हान




समायोजन खबर काठमाण्डौ,
निर्वाचन आयोगले उपचुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आउँदो मंसिर १४ गते हुने पालिका, प्रदेश र प्रतिनिधिसभाको उपचुनावका लागि भदौभरमा दल दर्ता गर्न आह्वान गरेको हो ।

 

२०७४ सालमा चुनावमा सहभागी हुन दर्ता भएका दलले भने पुनः दर्ता गर्नुनपर्ने आयोगले जनाएको छ । अरु इच्छुक दलले दलको विधान, घोषणापत्र, चुनाव चिन्हको नमुना, दल दर्ताका लागि केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, लेखापरीक्षण प्रतिवेदनसहित तोकिएको समयभित्र दल दर्ता गर्न आयोगले भनेको छ ।

 

तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा, संघीय समाजवादी फोरम र नयाँ शक्ति मिलेर बनेको पार्टी उपचुनावका लागि आयोगमा दर्ता हुनुपर्नेछ । विभिन्न कारणले खाली भएका प्रतिनिधिसभाको एक, प्रदेशसभा साँसदका तीन, उपमहानगरपालिकाको मेयरको एक र गाउँपालिका अध्यक्ष तीन उपाध्यक्ष एक र पालिकाहरुका वडाध्यक्ष ४१ जनाका लागि चुनाव हुँदैछ ।
२०७६ भदौ १६ गते मध्यान्ह १२ :०७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology