समाजवादीको समायोजन सकियो, अध्यक्षमा थापा

समाजवादीको समायोजन सकियो, अध्यक्षमा थापा

अनलाईन लोगो



समायोजन खबर खोटाङ,
खोटाङमा समाजवादी पार्टी नेपालले पुर्णता पाएको छ । केन्द्रीय समिति एकीकरण भएको केही समयपछि जिल्लामा समाजवादीको समायोजन सकिएको हो । तत्कालिन संघीय समाजवादी र नयाँ शक्तीका नेता तथा कार्यकर्तालाई मिलाएर टंकबहादुर थापाको अध्यक्षतामा समाजवादीको १५१ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ ।

१३ सदस्यीय पदाधिकारी रहेको समितिको उपाध्यक्षमा मणी राई, पिके खम्बू, नैन कट्वाल, वशन्ती राई र नविनकिशोर राई, सचिवमा जीवराज पोखरेल र देवकुमार राई, सह–सचिवमा टिकाराम राई, बिरेन्द्रकुमार दर्नाल र आशिष राई, कोषाध्यक्षमा सावित्री राई र रुपा उदास चयन भएका छन् । जिल्लाका स्थानीय तहमा संगठन विस्तार गरेपछि जिल्ला समिति समायोजन गरिएको समाजवादीले जनाएको छ ।

समाजवादी पार्टीले आईतबार दिक्तेलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर जिल्ला समितिको पदाधिकारी तथा सदस्यको नामावली सार्वजनिक गरेको छ । समायोजनसँगै केशवराज कार्कीको संयोजकत्वमा अनुगमन तथा वार्ता संवाद समिति, मणी राईको संयोजकत्वमा जनवर्गीय तथा पेशागत संगठन समायोजन जिल्ला स्तरिय कार्यदल गठन गरिएको अध्यक्ष थापाले जानकारी दिए । यस्तै, जिल्लाका १० वटै स्थानीय तह र ७९ वडामा वडा समिति गठन, पुःर्नगठनका लागि संयोजक तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
२०७६ भदौ १६ गते बिहान ११ :४१ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology