विधालयलाई प्रोजेक्टर र ल्यापटप

विधालयलाई प्रोजेक्टर र ल्यापटप




चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले १२ विधालयलाई प्रोजेक्टर, ल्यापटप र पुस्तक वितरण गरेका छन् । सात विधालयलाई आई.सि.टि अन्तरगतका विधुतीय सामाग्री र पाँच विधालयलाई पुस्तकहरु वितरण गरेका हुन् । आईतबार १२ औं पुस्तकालय दिवसको अवसरमा नगरपालिकाभित्र सञ्चालन भइरहेका सावित्रा मावि बाम्राङ, शितला मावि खाल्ले, ज्योती मावि जालपा, सरस्वती मावि पाथेका, चम्पावती मावि बुईपा, जगदम्बा मावि बुईपालाई एक÷एक थान प्रोजेक्टर र ल्यापटप प्रदान गरिएको छ । पञ्च मावि दिक्तेललाई एक थान प्रोजेक्टर मात्रै दिइएको शिक्षा शाखा अधिकृत पुस्पा राईले जानकारी दिईन् ।

 

यस्तै, अन्नपुर्ण मावि दोर्पा, जालपा मावि नुनथला, कालिका मावि नेर्पा, समावि पाथेका र श्रीमावि लफ्याङलाई ३०/३० थान विधालयमा अध्ययन/अध्यापन हुने विभिन्न पुस्तकहरु प्रदान गरिएको हो । पुस्तक तथा विधुतीय सामग्रीहरु विधालयका प्रधानाध्यापकहरुलाई नगरप्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेबी राई, प्रमुख प्रशासकीय अधिकृत शान्तीराज प्रसाईले प्रदान गरेका हुन् । नगरपालिकाभित्र १८ मावि, १७ आधारभूत विधालय र ५७ प्राथमिक विधालय छन् । यसैविच, पुस्तकालय दिवसको अवसरमा जिल्ला कारागारका कैदीबन्दीका लागि खेलकुद सामग्री कक, ब्याडमिन्टन, राकेट सहित ५३ थान पुस्तक प्रदान गरिएको छ ।
२०७६ भदौ १५ गते दिउँसो ४ :५७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology