मेरुदण्ड भाचिएका किशोरलाई नगरपालिकाको आर्थिक सहयोग

मेरुदण्ड भाचिएका किशोरलाई नगरपालिकाको आर्थिक सहयोग

चिसाङ शेर्पा खोटाङ,
रुखले किच्दा मेरुदण्ड भाचिएर थला बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका बिकास कटुवाललाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक तथा भौतिक सहयोग गरेको छ । पन्चकन्या मावि मालामा कक्षा नौ मा अध्ययनरत १७ वर्षीय कटुवाललाई मल्हम स्वरुप नगरपालिकाले सहयोग गरेका हुन् ।

 

मेरुदण्ड भाचिएर अपांग बनेका विकासलाई गएको असार अन्तिममा ५० हजार नगद सहयोग गरेको नगरले शुक्रबार घरैमा पुगेर ह्विल चियर, क वर्गको अपांग परिचयपत्र र औषधि प्रदान गरिएको नगरपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक र अपांग परिचयपत्र वितरण शिविरको अवसरमा उनको स्वास्थ्य स्थिती बुझ्दै नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राईले उक्त सामग्री प्रदान गरेका हुन् । गत पुसमा नातेदारको घर दिपु्रङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुमा गएको बेला दाउराका लागि उतिसको रुख ढाल्ने क्रममा दोश्रो रुखले किच्दा विकासको मेरुदण्ड भाचिएको थियो ।

 

मेरुदण्ड भाचिएर शक्त घाईते भएका उनलाई तत्काल धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्टील लगाइएको थियो । स्टील लगाएको ६ महिनामा अस्पतालले ठिक हुने भने पनि अवस्था यथास्थितीमा रहेको उनका दाई गोविन्द कटुवालले बताए । उनको उपचारमा मात्रै सात लाख बढी खर्च भइसकेको छ । खर्च भए पनि उनको अवस्थामा खासै सुधार नआउदा विकास स्वत अपांग बनेका छन् विधालयको पढाई छुटेको छ । आर्थिक अवस्था नाजुक रहेको परिवारको कान्छो छोरा ओछ्यानमै थला बस्दा परिवारमा ठूलो बज्रपात परेको छ ।

 

परिवारको जेठा छोरा परदेशमा छन् । विकासको आमा पनि अपांग छन् । किशोरावस्थामा नै मेरुदण्ड भाचिएर थला बसेका विकास थप उपचारको पर्खाइमा छन् । उपचार पाएर पहिलेकै अवस्थामा फर्केर विधालय जाने विकासको धोको छ । उपचारमा परिवारले धान्न नसक्ने भएपछि परिवारले सहयोगको अपिल छन् । नगरपालिकाले पनि मानवीय संवेदना र एक किशोरको भविष्यमा पुर्ण विराम लाग्न नदिन सवैलाई अनुरोध गरेको छ । परिवारले अपांग सुत्नका लागि आरामदायि खाटको पनि नगरपालिकासँग माग गरेका छन् ।

यसैविच, नगरपालिकाले बुईपामा शिविर संञ्चालन गरी बुईपा र विजयखर्कका ज्येष्ठ नागरिक तथा आपंग ब्यक्तीलाई परिचयपत्र प्रदान गरेको छ । राज्यबाट पाउनुपर्ने सेवा सुविधामा हक दावि गर्नका लागि ज्येष्ठ नागरिक ३५० जना र अपांग परिचयपत्र पुरुषतर्फ ३४ र महिलातर्फ २२ जनालाई प्रदान गरिएको राजनीतिक सल्लाहकार कमल ढकालले जानकारी दिए । १५ वडा रहेको नगरमा सवै वडाहरुमा ज्येष्ठ नागरिक परिचयपत्र र अपांग परिचयपत्र वितरण गर्ने नगरपालिकाको योजना छ ।
२०७६ भदौ १३ गते राती ८ :३७ मा प्रकाशित

ADVERTISMENT

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology