काँक्रो खानुस, यस्ता १० फाइदाहरु लिनुस

काँक्रो खानुस, यस्ता १० फाइदाहरु लिनुस

सांकेतिक तस्विर

समायोजन खबर,
पहिले पहिले काँक्रो कुनै खास मौसममा मात्र खान पाइन्थो । अहिले बेमौसमी खेतीका कारण काँक्रो जुनसुकै मौसममा पनि खान पाइन्छ । तर, बेमौसमी काँक्रो खेती गर्दा बिषादिहरुको प्रयोग अत्यधिक हुनसक्ने भएकोले यसमा भने ध्यान दिनु आवश्यक छ । सकेसम्म अर्गानिक काँक्रोको सेवन गर्नु लाभदायक हुनेछ ।

काँक्रोमा पानीको मात्रा प्रशस्त हुन्छ । यसले शरीरमा पानीको मात्रा कायम राख्न सघाउँछ । यसको सेवनले शरीरमा भएको नुन, युरिनको मात्रालाई कम गर्न पनि मद्दत गर्दछ । यसका साथसाथै यसका विभिन्न फाइदाहरु छन् ।
फाइदाहरु ।
१ काँक्रोले जोर्नी दुखाईबाट छुटकारा दिलाउन मद्दत गर्दछ ।
२ काँक्रोले शरीरमा कोलेस्ट्रोलको मात्रालाई कम गर्न मद्दत गर्दछ ।
३ काँक्रोले शरीररको तौल घटाउन भरपूर मद्दत गर्दछ ।
४ शरीरमा पाचन शक्तिलाई वृद्धि गर्न तथा उपयुक्त रुपमा पाचनक्रिया गराउन काँक्रोले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
५ काँक्रोले टाउको दुख्ने, अल्क्षीपन हटाउने एवम् तनावहरुबाट मुक्ति दिलाउन मद्दत गर्दछ ।
६ शरीरमा पानीको र मिनरल (खनिज)को मात्रालाई कायम राख्न काँक्रोले मद्दत गर्दछ ।
७ काँक्रोले शरीरमा क्यान्सरजस्ता रोग विरुद्धको प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्न मद्दत गर्दछ । काँक्रोले शरीरमा क्यान्सर रोगबाट बच्न मद्दत गर्दछ ।
८ काँक्रोमा सिलिकाको मात्रा बढी हुने हुनाले यसले कपाललाई चिल्लो, चम्किलो र सिल्की बनाउन मद्दत गर्दछ ।
९ यो मधुमेहका बिरामीका लागि राम्रो उपचार हो । यसले मधुमेहका बिरामीका लागि अहम भूमिका खेल्दछ ।
१० काँक्रोले रक्तचाप नियन्त्रण गर्ने काम समेत गर्दछ ।
एजेन्सीको सहयोगमा
२०७६ भदौ १३ गते मध्यान्ह १२ : ४९ मा प्रकाशित

ADVERTISMENT

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology