दिप्रुङमा समाजवादीको संगठन विस्तार, अध्यक्षमा राई

दिप्रुङमा समाजवादीको संगठन विस्तार, अध्यक्षमा राई

अनलाईन लोगो



समायोजन खबर खोटाङ,
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा समाजवादी पार्टीको पालिका स्तरिय कमिटि गठन गरिएको छ । पुर्व संघीय समाजवादी र पुर्व नयाँ शक्ती पार्टीका नेता तथा कार्यकर्तालाई समायोजन गर्दै पृथ्बीकुमार राईको अध्यक्षतामा ४५ सदस्यीय समाजवादी पार्टीको पालिका स्तरिय कमिटि गठन गरिएको हो । उपाध्यक्षमा चित्रकुमार कार्की, दुर्गा राई, तिर्थ तामाङ र हर्कराज तामाङ, सचिवमा अरुण चाम्लिङ र विनोद राई, सह–सचिवमा किशोर राई र सुवास राउत तथा कोषाध्यक्षमा बिमला कार्की चयन भएका छन् ।

 

समाजवादी पार्टीका केन्द्रीय सदस्य सनबहादुर राई, जिल्ला समायोजन समिति संयोजक केशव कार्की, समायोजन समिति सदस्य टंक थापा, मणी राई लगायतको उपस्थितिमा पालिका कमिटि गठन गरिएको हो । केन्द्रमा पार्टी एकतासँगै समाजवादी पार्टीले जिल्लाका विभिन्न स्थानीय तहमा संगठन विस्तारको काम गरिरहेको छ । यसअघि, बराहपोखरी र जन्तेढुंगा गाउँपालिकामा पालिका स्तरिय कमिटि गठन गरिसकिएको समाजवादी पार्टीले जनाएको छ ।
२०७६ भदौ १२ गते बिहान ८ :४७ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology