आगोले तीन पटक जलेका बालकलाई आर्थिक सहयोग

आगोले तीन पटक जलेका बालकलाई आर्थिक सहयोग




चिसाङ शेर्पा खोटाङ,
तीन पटक अगेनामा परेर देव्रे खुट्टाको घुंडा जलेर घाईते भएका बालक सुर्य प्रकाश राईलाई राहत रकम प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दोरुङका पुर्णरुपमा अपांग भएका १२ वर्षीय सुर्यलाई १५ हजार बढी राहत रकम प्रदान गरिएको हो ।

हातखुट्टा नलाग्ने र घस्रिएर हिड्ने गर्दा गएको जेठको दोश्रो हप्ता तेश्रो पटक घुंडा आगोले जलेर घरायसी उपचारका कारण किरा नै परेपछि १ भदौबाट जिल्ला अस्पताल दिक्तेलमा उपचाररत उनलाई सुर्य प्रकाश राई आर्थिक सहयोग समितिको पहलमा एकैदिनमा २२ जनाबाट संकलित १५ हजार ८ सय पाँच रुपैयाँ राहत रकम प्रदान गरिएको आर्थिक संयोजक सविता भुजेलले बताईन् । मंगलबार साँझ अस्पताल परिसरमा एक कार्यक्रम गरी राहत रकम नेकपा खोटाङका सचिव राम प्रसाद दंगाल, खोटाङ कांग्रेस नेतृ डिल्लीकुमारी आचार्य लगायतले एकसाथ अग्नि पिडित सुर्यका बुबा कुन्दन राईलाई प्रदान गरे ।

आर्थिक रुपमा अत्यन्तै कमजोर परिवारका  सुर्यको उपचार, पालनपोषण र शिक्षादिक्षामा सहयोग पुगोस भन्ने उद्देश्यले किरणजीत राईको संयोजकत्वमा १३ सदस्यीय समितिले आजैबाट भदौ २७ गतेसम्म सहयोग रकम संकलन थालेको छ । आर्थिक रुपमा कमजोर परिवार, आफैमा पुर्णरुपमा अपांग सुर्यलाई केही मात्रामा भए पनि सहयोग पु-याउने हेतुले आर्थिक सहयोग संकलन अभियान थालनी गरिएको संयोजक राईले बताए । मानवीय संवेदनासँग जोडिएको यस अभियानमा सवैले ऐक्यबद्धता जनाउन समेत संयोजक राईले आग्रह गरे । बालकको अवस्थामा पनि क्रमिक रुपमा सुधार हुंदै गएको छ ।
यो पनि पढ्नुहोस

तीन पटक जले सुर्य,पिडामा मल्हम लगाउन जुटे युवा

२०७६ भदौ १० गते राती ८ :३२ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology