श्रीमाबि बाँसबोटेमा विज्ञान प्रयोगशाला

श्रीमाबि बाँसबोटेमा विज्ञान प्रयोगशाला




समायोजन खबर खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्रीमाबि बाँसबोटेमा विज्ञान प्रयोगशाला उद्घाटन गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको छ लाख ५० हजार अनुदानमा विज्ञान प्रयोगशालाका आवश्यक सामग्री जुटाएर विज्ञान प्रयोगशाला निर्माण गरिएको हो ।

विज्ञान प्रयोगशाला जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, वडाध्यक्ष निर्मल राई, व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र राई लगायतले उद्घाटन गर्नु भएको हो । २०१७ सालमा स्थापित विद्यालयमा पहिलोपल्ट विज्ञान प्रयोगशाला स्थापना गरिएको प्रअ जसराज किरातीले बताए । प्रयोगशाला अभावमा हालसम्म विज्ञान विषयको सैद्धान्तिक पक्षका बारेमा मात्र अध्ययन हुँदै आएको थियो । विज्ञान प्रयोगशाला बनेपछि विद्यार्थी उत्साहित बनेका छन् । प्रयोगशाला अभावमा जिल्लाका अधिकांश विद्यालयको विज्ञान विषयको पठन–पाठन प्रभावहिन देखिएको छ ।

 

यस्तै, श्रीमावि बाँसबोटेमा वालमैत्री कक्षा उद्घाटन गरिएको छ । स–साना वालबालिकालाई विद्यालयमा आकर्षित गर्नका लागि श्रीमाबिमा साजसज्जा सहितको वालमैत्री कक्षा निर्माण गरिएको हो । ‘कोठामै बसिरहुँ’ लाग्ने वातावरण निर्माणका लागि वालमैत्री कोठाको चारैतिरका भित्तामा रंगीन चित्र, अंक, अक्षर र नक्सा कोरेर सजाइएको छ । बालबालिकाको सिकाईका लागि कोठाको भित्तामा वर्णमाला, बाहखरी, अंग्रेजी अल्फाबेट, सयअंक, दुनांक, १२ महिना, ऋतु, शरीरका अंग लगायत प्रारम्भिक ज्ञानगुणका विषयलाई सचित्र वर्णन गरिएको छ ।

 

यस बाहेक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङ, १ नम्बर प्रदेश र संघीय नेपालको नक्सा पनि कोरिएको छ । कार्पेटमाथि चकटी र होचो राउण्ड टेवल राखिएको कक्षा कोठामा बालबालिकाले मन लगेको पढ्न पाउने, रम्न पाउने, खेल्न पाउने, शैक्षिक सामग्री खेलाउन पाउने, प्रोजेक्टरबाट भिडियो हेर्न पाउने व्यवस्था मिलाइएको प्रअ किरातीले बताए । कार्यक्रमकै अवशरमा अवकाश प्राप्त विद्यालयका शिक्षक दानबहादुर राईको विदाई गरिएको छ ।
२०७६ भदौ १० गतेराती ८ :०३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology