सुनको भाउ घट्यो

सुनको भाउ घट्यो




समायोजन खबर काठमाण्डौ,
सुनको भाउ मंगलबार तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन मंगलबार तोलाको ७२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ मंगलबार १३ डलरले घटेको छ । सोमबार प्रति औँस १५ सय ४२ डलरमा कारोबार भएको सुन मंगलबार प्रति औँस १५ सय २९ डलरमा झरेपछि नेपाली बजारमा पनि थोरै भाउ घटेको हो ।चाँदीको भाउ भने मंगलबार घटबढ भएको छैन । चाँदी तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।
२०७६ भदौ १० गते बिहान ११ :५३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology