रसुवाघाट-कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा

रसुवाघाट-कालापानी खानेपानी आयोजनाको काम अन्तिम चरणमा

अनलाईन लोगो



समायोजन खबर खोटाङ,
नदीको पानी गाउँमा निकाल्ने प्रयास स्वरुप खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेमा थालिएको रसुवाघाट–कालापानी खानेपानी आयोजानको काम अन्तिम चरणमा पुगेको छ । सुनकोसीको पानी लिच्कीराम्चेको कालापानीमा लिफ्ट गरेर निकाल्नका लागि २०७२ साल चैत्र ११ गते उद्घाटन गरिएको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । सुनकोसी किनारभन्दा ६ सय मिटरमाथि रहेको पहिलो सप्लाई ट्यांकीमा बिहिबार परिक्षण स्वरुप पानी निकाल्न निकालिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताए ।

नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाख बराबरको श्रमदान गरी करिब १ करोड ८० लाखमा रसुवाघाट–कालापानी खानेपानी आयोजानको काम अन्तिम चरणमा पुगेको हो । नदीभन्दा १८ सय मिटरमाथि रहेको गाउँमा पानी निकाल्ने काम अन्तिम चरणमा पुगेपछि स्थानीय उत्साहित देखिएका छन् । ९७ धारामार्फत वितरण हुने खानेपानी आयोजनाले कालापानीका ५ सय बढि उपभोक्ता लाभान्वित हुने जनाइएको छ ।

खानेपानीको समस्या चर्किदै गएपछि कालापानीमा सुनकोसीको पानी लिफ्ट गर्ने प्रयास स्वरुप २०७० सालमा ‘डिटेल सर्भे’ गरिएको थियो । कांग्रेसका युवा नेता भूपेन्द्र राई (हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्ष)को पहलमा रसुवाघाट–कालापानी पम्पिङ आयोजनाको काम अघि बढेको हो ।
२०७६ भदौ ८ गते अपरान्ह ४ :४८ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology