Samayojan khabar

Advertisment

SKIP THIS

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना




समायोजन खबर काठमाण्डौ,
देशभरको मौसम आज सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको मौसमविदले बताएका छन् ।

मंगलबार दिनभर देशभरको मौसम सामान्यतया बदली रही मध्य र पश्चिमी क्षेत्रका केही भूभाग तथा पूर्वका केही भूभागमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मनसुनी बादलको विकास भएकाले पानी पर्ने सम्भावना भएको हो । तर ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् बरुण पौडेलले बताए ।

यस्तै, मंगलबार राति मध्य र पश्चिमी क्षेत्रका केही भूभागमा र पूर्वका केही भूभागमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ भने देशका अन्य ठाउँमा पनि सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताए ।
२०७६ भदौ ३ गते बिहान ९ :१३ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology