Samayojan khabar

Advertisment

SKIP THIS

वडाध्यक्ष सहित चार जना प्रहरी नियन्त्रणमा

वडाध्यक्ष सहित चार जना प्रहरी नियन्त्रणमा




समायोजन खबर खोटाङ,
स्थानीय युवालाई निर्घात कुटपिट गरेको अभियोगमा खोटाङको केपीलासगढी गाउँपालिका–५ सप्तेश्वरका वडाध्यक्ष सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राती सप्तेश्वरकै ३० वर्षीय महेश राईलाई हुलहुज्जत गरेर मरणासन्न हुनेगरी कुटपिट गरेको ठाडो उजुरीका आधारमा वडाध्यक्ष खगेन्द्र राई सहित चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

हुलहुज्जत गरेर स्थानीयलाई आक्रमण गरेको ठाडो उजुरी परेपछि अनुसन्धानका लागि वडाध्यक्ष सहित चार जनालाई जिल्ला प्रहरी कार्यालयमा झिकाइएको प्रहरी नायब उपरिक्षक बामदेव गौतमले बताए । ‘कारबाहीको माग गर्दै घाईतेको आफन्तले ईलाका प्रहरी कार्यालय बाक्सिलामा ठाडो निवेदन दिएको छ,’ डिएसपी गौतमले भने, ‘त्यही निवेदनको आधारमा छानवीनका लागि वडाध्यक्ष सहित चार जनालाई झिकाइएको हो । अहिले घट्नाको विषयमा अनुसन्धान भइरहेको छ ।’

कुटपिटबाट गम्भीर घाईते भएका महेशलाई आईतबार १ लाख ८० हजारमा हेलीकोप्टर चार्टर गरेर केएमसि अस्पताल काठ्माण्डौं पु¥याइएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनलाई काठ्माण्डौं पु-याइएको हो । कुटपिटका क्रममा महेशको टाउको, छाती लगायत शरीरका विभिन्न भागमा चोट तथा निलडाम लागेको आफन्तले बताएका छन् । वडा कार्यालयको भवन निर्माणका लागि उपभोक्ता समिति गठनका विषयलाई लिएर उनीहरुबीचमा झगडा भएको श्रोतले बताएको छ ।

 

शुक्रबार दिउँसो बोलाइएको बैठकमा वडाध्यक्षले पुरानै उपभोक्ता समितिलाई कायम गरेर भवन निर्माणको काम अघि बढाइनुपर्ने अडान लिइरहेको अवस्थामा घाईते राई लगायतको समुहले नयाँ समिति बनाउनुपर्ने प्रस्ताव गर्दा विवाद भएको थियो । रातका समयमा वडाध्यक्ष दलबल लिएर स्थानीय देवान राईको घरमा गएको खबर सुनेपछि त्यसतर्फ जानेक्रममा महेशमाथि आक्रमण भएको स्थानीयले बताएका छन् । बैठकमा महेशले उपभोक्ता समिति पुःर्नगठन सँगै समितिको सचिवमा दावी गरेका थिए । विवाद भएपछि बैठक विनानिष्कर्ष टुंगिएको थियो । बैठकमा महेश, देवान लगायतले पुरानो उपभोक्ता समितिको काम पारदर्शी नभएकाले नयाँ उपभोक्ता समिति गठन गर्नुपर्ने आवाज उठाएका सहभागी बताउँछन् ।
२०७६ भदौ २ गते दिउँसो ४ :०१ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology