संम्भोग र उचित वातावरण

संम्भोग र उचित वातावरण




समायोजन खबर काठमाडौं,
यौन मानिस तथा पशुपंक्षीमा नभै नहुने एक क्रिया हो भन्दा पनि अतिसयुक्ति नहोला । यौन मानिसको व्यवहार र सोचलाई प्रभावित गर्ने विशिष्ट स्वभाव हो । ‘यौवन’ मानवजीवनको त्यस्तो समय हो, जुन बेला यौनको प्रभाव प्रखर हुन्छ । यसलाई दबाएर राख्नु मानसिक तथा शारीरिक रुपमा उचित नहुने धेरैको भनाइ छ ।

संभोग दुई बिपरित लिंगीबीच हुने गर्दछ । दोहोरो मानसिक संलग्ताबिनाको सम्भोग मैथुन मात्र हो । विधिको मात्र महत्व रहने हुनाले मैथुन एकोहोरो पनि हुन सक्छ । सम्बद्ध दुवै पक्षको ‘सम’ अर्थात् बराबरी र ‘भोग’ अर्थात् प्रयोजनको विषय भएकाले ‘सम्भोग’मा दुवैको संलग्नताको पारस्परिक अनुभूति हुनु आवश्यक छ ।


शारीरिक पक्ष गौण राखेर पनि यस्तो संलग्नता सम्भव छ । मानिसमा प्रेमको भावनात्मक अभिव्यक्तिले आफ्नो शिखर छोएका वेला ज्ञानेन्दि«यहरुले पनि त्यसको अनुभूतिको चाहना राख्छन् । भावनात्मक निकटताबोधमा दुवै पक्षबाट प्रकट हुने आतुरीले मानव सम्बन्धको यस विशिष्ट रुपलाई अझ सुन्दर बनाउँछ । लिङ्गको योनिभित्र प्रवेशको चरणले अझ निकट हुने मानवीय चाहना मात्र हो । त्यो पनि सम्भोगकै एउटा साधन हो । त्यो आफूैंमा साध्य होइन । साध्य त सम्भोगको अनुभूति हो जो परिस्थितिअनुसार त्यसअघिका कुनै पनि चरणका पूर्ण भएको अनुभव दुवै पक्षले गर्न सक्छन् । यसैलाई कुशल सम्भोग मानिन्छ ।

 

संम्भोगका दौरानमा समय परिस्थिति तथा बातावरणको पनि उतिकै महत्व हुन्छ । उचित बातावरणमा गरिएको सम्भोग यादगार हुन्छ । जसले दुबैलाई सुखानुभूति प्रदान गर्दछ । यसका लागि एकान्त, शान्त र वरिपरि सुमधुर वातावरण भएको बेली–चमेली–पारिजातका सुगन्धित पुष्पबगैचा हुनु राम्रो मान्छि । सम्भव भएमा सुन्दर पोखरी र झरनासमेत भएकोस वरिपरि बस्ने कुर्सी, टेबुल, घर र कोठासमेत सेतो कमेरे रङ्गले पोतिएको तन्ना, तकिया र सिरकसमेत सेतै रहेकोस वर र वधूले समेत श्रीखण्ड चन्दन वा अत्तर आदि सुगन्धित द्रव्य लेपन गरेको अत्यन्त मनोरम स्थान र वातावरण हुनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

यस्तो वातावरणमा पुरष र स्त्रीको कामेच्छालाई अझ बढाउने वा उद्दीपन गर्ने शक्ति हुन्छ । माथि भनिएको वातावरणमध्ये जे–जस्तो सम्भव हुन्छ, अधिकांश कुरा जुटेको परिवेशमा स्त्री उत्तानो आसनमा पल्टिनुपर्छ । त्यतिखेर हाँसो–ठट्टा र मजाकहरू गर्दै दुवै जना अत्यन्त प्रसन्न र हाँसिरहेको मुद्रामा हुनुपर्छ । खाना खाँदाबित्तिकै सम्भोगक्रिया गर्नु हुँदैन । जसले स्वास्थ्यमा नकारात्मक असर गर्छ ।
२०७६ भदौ २ गते बिहान ११ :५२ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology