कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ,
जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा खेलकुदका सामग्री प्रदान गरेको छ । जिल्ला कारागार शाखा दिक्तेलको भौतिक संरचना, कारागार व्यवस्थापन, कैंदी बन्दीको अवस्था लगायतको विषयमा निरिक्षण गरेको दोश्रो दिन जिल्ला समन्वय समितिले कैंदीबन्दीलाई पुस्तक तथा खेलकुद सामग्री प्रदान गरेको हो ।


जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लीङको नेतृत्वमा आईतबार गएको टोलीले कैंदीबन्दीलाई राजनिती, दर्शन, विज्ञान, समाज, शिक्षा लगायत सम्वन्धी करिब सय थान पुस्तक प्रदान गरेको हो । यस्तै, कैंदीबन्दीलाई भलिबल, व्याडमिन्टन र लुँडोको खेल सामग्री प्रदान गरिएको छ । पुस्तक तथा खेल सामग्री जिसस प्रमुख चामलीङ, प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यय, जिल्ला समन्वय अधिकारी राजेश गिरी लगायतले चौकीदार प्रताप राईलाई हस्तान्तरण गरेका छन् । कारागारभित्रै स्थापना गरिएको पुस्तकालयमा राख्न तथा कैंदीबन्दीको अध्ययनका लागि पुस्तक प्रदान गरिएको हो । पुस्तक तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा जिसस प्रमुख चाम्लिङले शनिबार गरिएको कारागार अनुगमनको प्रतिबेदन कारागार शाखाका प्रमुख चित्राखर आचार्यलाई हस्तान्तरण गरे ।
२०७६ भदौ २ गते बिहान ८ :५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

अटो दुर्घट्ना,एकको मृत्यु

समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

एकलौटी ढंगले बजेट वितरण गरेको भन्दै कांग्रेस सांसदको आपत्ती

चिसाङ शेर्पा खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट...

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम : ३० योजनामा बजेट (विवरणसहित)

समायोजन खबर खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको योजना...

मुख्य समाचार

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

अटो दुर्घट्ना,एकको मृत्यु

समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

महोत्तरीमा लोडेड पेस्तोल सहित एक थान म्यागजिन बरामद

समायोजन खबर महोत्तरी, महोत्तरीमा एक थान लोडेड पेस्तोल...