Samayojan khabar

Advertisment

SKIP THIS

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी




समायोजन खबर काठमाडौ,
रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी परेको छ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनका परिवारले रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकाहुन् । पुडासैनीकि श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाण्डौमार्फत आइतबार किटानी दिएको प्रहरीले जनाएको छ ।


सम्झना आफैँले सञ्चारकर्मी लामिछानेसहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्की्विरुद्ध पनि किटानी दिएकी हुन्। जाहेरी काठमाडौंमार्फत चितवन जाने प्रहरीको भनाई छ । पुडासैनीले मृत्यु हुनुभन्दा अघि रेकर्ड गरेको भनिएको भिडियो सामाग्रीमा आरोप लगाएपछि रविसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गरिरहेको छ। गएको साउन २० गत्ते चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
२०७६ भदौ १ गते दिउँसो २ :५८ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology