Samayojan khabar

Advertisment

SKIP THIS

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना




समायोजन खबर काठमाण्डौ,
आइतबार देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा (मनसुनी वर्षा गराउने प्रणाली) औसतको स्थान (औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण–उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगालदेखि बंगालको खाडीसम्म बुझ्नु पर्ने हुन्छ ।) मा भए पनि भारतको राजस्थान र हरियाणामा न्यूनचापीय प्रणाली बनेकाले केही ठाउँमा भने पानी पर्ने सम्भावना भएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।


अर्यालका अनुसार आइतबार मध्य र पूर्वका केही ठाउँमा दिउँसो र देशको सबैजसो पहाडी भेगमा राति ठूलो पानी पर्ने सम्भावना छ । अबको केही दिनको मौसम यस्तै किसिमको रहने पनि मौसमविद् अर्यालले बताए । मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना भएकोले मेघगर्जन र चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । पहाडी भू–भागमा राति भारी वर्षाको सम्भावना भएकाले सडक यातायातमा अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
२०७६ भदौ १ गते बिहान ९ :०१ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology