Samayojan khabar

Advertisment

SKIP THIS

आरक्षण बचाउका लागि लठ्ठी जुलुस

आरक्षण बचाउका लागि लठ्ठी जुलुस




चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिक्तेलबजारमा लठ्ठी जुलुस निकालिएकोे छ । संविधानको मर्म र भावना विपरीत लोकसेवा आयोगको विज्ञापन खुलाइएको तथा आरक्षणको व्यवस्था हटाइएको भन्दै संयुक्त संघर्ष आन्दोलन परिचालन समिति खोटाङ र नेपाल आदिवासी जनजाति महासंघले आरक्षण बचाउका लागि शनिबार दिक्तेलको किरातचोकबाट पूरानो वेशक्यामसम्म लठ्ठी जुलुल निकालेका हुन् ।


असमावेशी लोकसेवा आयोगको विज्ञापन विरुद्ध आन्दोलन गर्दै आएको संघर्ष समितिले किरातचोकबाट हातहातमा लठ्ठी, ‘आरक्षण बचाउ आन्दोलन जारी छ’ लेखेको व्यानर बोकेर जुलुस निकालेका थिए । आन्दोलनको दोश्रो चरणको कार्यक्रम गरिरहेको संघर्ष समितिले यसअघि जिल्लाको राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाजका अगुवा, समानुपातिक समावेशीवादी नेताहरुसँग अन्तक्रिया, उल्टो यात्रा जुलुस, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नेपालको संविधान र चश्मा हस्तान्तरण जस्ता संघर्षका कार्यक्रम गरिसकेका छन् ।

दिक्तेलमा आरक्षण बचाउका लागि निकालिएको लठ्ठी जुलुस । तस्विर चिसाङ शेर्पा

समानुपातिक समावेशी अन्तरगत असंम्बैधानिक लोकसेवा आयोगको परिक्षाहरु तत्काल बन्द गरी संविधानसम्मत समानुपातिक समावेशीका आधारमा लोकसेवा आयोगका परिक्षाहरु सञ्चालन गर्न आन्दोलनरत समितिले माग गरेका छन् । संविधानको प्रस्तावना र भाग ३२ धारा २८५ उपधारा २ विपरीत लोकसेवा आयोगले स्थानीय तहका विभिन्न सेवा समुहका अप्राविधिक/प्राविधिक तर्फका पदहरुको लिखित परिक्षा विज्ञापन प्रकाशित गरी सोही अनुरुप सरकारले हस्तक्षेप गरी परिक्षा सञ्चालन गरिरहेको भन्दै आदिवासी जनजाति, दलित, महिला, मधेसी, अपाङ्ग, पिछडिएका क्षेत्र/वर्गका समुदायहरु आन्दोलित भइरहेका छन् ।
२०७६ साउन ३२ गते साँझ ६ :१६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology