Samayojan khabar

Advertisment

SKIP THIS

नेकपाको स्कुल विभाग प्रमुखमा ईश्वर पोखरेल

समायोजन खबर काठमाडौ,
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लामो विवादपछि स्कुल विभाग प्रमुखको टुंगो लगाएको छ । शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभाग प्रमुखको जिम्मेवारी ईश्वर पोखरेललाई दिने निर्णय गरेको हो । स्कुल विभाग प्रमुखका लागि पोखरेलसँगै नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल, बेदुराम भुसालसहित ८ नेताको दावी थियो ।


खासगरी पूर्वएमालेले पोखरेल र पूर्वमाओवादीले श्रेष्ठको नाममा अडान लिएपछि स्कुल विभाग प्रतिष्ठाको विषय बनेको थियो । स्रोतका अनुसार शुक्रबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा स्कुल विभागको प्रमुखको टुंगो लागेको थियो ।

बालुवाटारको बैठकमा भने यसबारे कुनै विवाद नभएको एक सचिवालय सदस्यले बताए ।यस्तै नेकपाले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिएको छ । विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठानमा झलनाथ खनाल, प्रचारमा नारायणकाजी श्रेष्ठ र अर्थ विभागको प्रमुखमा सुरेन्द्र पाण्डेको नाम टुंगो लगाएको छ । जनवर्गीय संगठनसम्बन्धी विभागीय प्रमुखको भने टुंगो लाग्न बाँकी छ ।
२०७६ साउन ३१ गते दिउँसो २ :५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

शिक्षक/शिक्षिकाका लागि हस्तलेखन कार्यशाला

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका शिक्षकलाई...

युएईमा उधौली मनाईयो

समायोजन खबर युएई युएईको अबुधाबी शहरमा किराँती समुदायहरुले उधौली...

माछा मार्न थापेकाे जालमा शिशुको शव फेला परेपछि… अनलाईन लोगो

समायोजन खबर सप्तरी, सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३ हर्दियास्थित पोखरीमा...

जीप दुर्घट्नामा एकको मृत्यु, चालक गम्भीर घाईते

चिसाङ शेर्पा खोटाङ खोटाङमा बोलेरो जीप दुर्घट्ना हुँदा एकजनाको...

विद्यालयको स्वर्ण जयन्तीमा ५० वत्ती बालिए

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित जालपा...

मुख्य समाचार

शिक्षक/शिक्षिकाका लागि हस्तलेखन कार्यशाला

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका शिक्षकलाई...

सिन्धुपाल्चोकमा बस दुर्घटना,१२ जनाको मृत्यु

समायोजन खबर काठमाडौं, सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस खाडिचौर–जिरी...

मौसमविद भन्छन्, अझै वर्षा र हिमपातको संम्भावना

समायोजन खबर काठमाण्डौ, मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे...

युएईमा उधौली मनाईयो

समायोजन खबर युएई युएईको अबुधाबी शहरमा किराँती समुदायहरुले उधौली...

भ्रमण वर्ष सफल बनाउनमा लाग्यो हलेसी तुवाचुङ नगरपालिका

चिसाङ शेर्पा खोटाङ, सरकारले घोषणा गरेको भिजिट नेपाल २०२०...