टेलिभिजनकर्मी रवि लामिछानेसहित ३ जना पक्राउ

समायोजन खबर चितवन,
टेलिभिजनकर्मी रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याबारे छानबिन तथा अनुसन्धान गर्न प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेसँगै पत्रकार युवराज कँडेललाई पनि पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । उनीहरुलाई काठमाण्डौको पानीपोखरीमा रहेको न्यूज २४ टेलिभिजनको कार्यालयबाटै चितवनबाट आएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
यसअघि पुडासैनी आत्महत्याकै अनुसन्धानका लागि प्रहरीले अस्मिता कार्कीलाई पनि पक्राउ गरेको थियो । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियो बाहिरिएपछि तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुडासैनी एक महिनाअघि मात्रै न्यूज २४ टीभी छाडेर माउण्टेन टेलिभिजन आएका थिए । पक्राउ परेकाहरुलाई आजै चितवन ल्याइने एसपी दानबहादुर मल्लले जानकारी दिए ।
२०७६ साउन ३० गते राती ८ :२४ मा प्रकाशित