एसईईमा जिल्ला प्रथम विधार्थी सम्मानित

चिसाङ शेर्पा खोटाङ,
नेपाल विधार्थी संघ खोटाङले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने विधार्थीलाई सम्मान गरेको छ । २०७५ सालको एसईई परिक्षामा सामुदायिक विधालयहरुबाट उत्कृष्ट अंक ल्याई जिल्ला प्रथम भएका दुई विधार्थीसहित ६ जनालाई सम्मान गरेको हो ।


नेविसंघको वन्दोवस्तमा एसईई परिक्षामा कम ग्रेड ल्याएका विधार्थीहरुलाई ग्रेड सुधारार्थ एक महिने निःशुल्क ट्युसनको समापनमा ३.५ जिपिए ल्याएका केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सारा राई र ३.४ जिपिए ल्याएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका सरोज खत्रीलाई सम्मान पत्रद्धारा सम्मान गरिएको हो । दिक्तेलस्थित सरस्वती माविबाट जिल्ला प्रथम गरेका विधार्थीलाई नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष हात्तिराम राई र नेपाली कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले सम्मान पत्र प्रदान गरे ।

 

यस्तै, गणित र अंग्रेजी विषयको एक महिने ट्युसन कक्षामा अंग्रेजी विषयमा उत्कृष्ट विधार्थी विज्ञान राई, सुनिहाङ राई र गणित विषयमा उत्कृष्ट विधार्थी परिक्षित राई र मुना खत्री सम्मानित भएका छन् । महिना दिनको ट्युसनमा शिक्षण कार्यमा सहयोग पु¥याउने शिक्षकहरु धनिराम राई, लुना कुमार श्रेष्ठ, पर्शु भट्टराई, अर्जुन श्रेष्ठ, वसन्त राईलाई पनि सम्मान गरिएको छ । उनीहरुलाई कार्यक्रमका सभापति तथा नेविसंघ सभापति राजकुमार बस्नेत, नेपाली कांग्रेस खोटाङका महासमिति सदस्य विष्णु कुमार राई, पार्टी सचिव ज्ञानेन्द्र जोशी र जिल्ला सदस्य प्रकाश कुमार श्रेष्ठले खादा ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको हो ।

ट्युसन कक्षा सञ्चालनका लागि कक्षाकोठा उपलब्ध गराउने माउण्ट एभरेष्ट बोर्डिङ स्कुल र सरस्वती माविलाई पनि कदर पत्र प्रदान गरिएको छ । गाउँघरबाट दिक्तेलमा महंगो कोठा लिएर शशूल्क ट्युसन पढनुपर्ने बाध्यताबाट छुटकारा दिंदै तीन सयजना बढी विधार्थीलाई ३० असारबाट नेविसंघले निःशुल्क ट्युसन कक्षा सञ्चालन गरेको थियो ।
२०७६ साउन ३० गते साँझ ७ :३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

अटो दुर्घट्ना,एकको मृत्यु

समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

एकलौटी ढंगले बजेट वितरण गरेको भन्दै कांग्रेस सांसदको आपत्ती

चिसाङ शेर्पा खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको बजेट...

स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम : ३० योजनामा बजेट (विवरणसहित)

समायोजन खबर खोटाङ, स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको योजना...

मुख्य समाचार

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

अटो दुर्घट्ना,एकको मृत्यु

समायोजन खबर खोटाङ खोटाङमा अटो दुर्घट्ना हुँदा एकजनाको ज्यान...

महोत्तरीमा लोडेड पेस्तोल सहित एक थान म्यागजिन बरामद

समायोजन खबर महोत्तरी, महोत्तरीमा एक थान लोडेड पेस्तोल...