Samayojan khabar

Advertisment

SKIP THIS

सामुदायिक वनमा अतिरिक्त कर लगाउने सरकारको रणनीतिमा महासंघको ध्यानाकर्षण

सामुदायिक वनमा अतिरिक्त कर लगाउने सरकारको रणनीतिमा महासंघको ध्यानाकर्षण




चिसाङ शेर्पा खोटाङ,
सामुदायिक वन उपभोक्ता समुहमा लगाइएका तथा लगाउन प्रस्ताव गरिएका तेहोरो कर र गैर करको विषयमा सामुदायिक वन उपभोक्ता महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । कर तथा रोयल्टी शुल्क जस्ता कानुनहरुको तर्जुमा गर्दा सरोकारवालासँग न्युनतम रुपमा समेत परामर्श नगरेको र सरकारकै अन्तर निकायहरुवीच पनि यथेष्ट समन्वय नहुंदा एकै किसिमका करहरु विभिन्न तहमा प्रस्ताव गरिएको र त्यो प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने भन्दै महासंघको ध्यानाकर्षण भएको हो ।


हालै केही नेपाल ऐन संसोधन गर्न बनेको बिधेयक, आर्थिक ऐन, तत् सम्बन्धित प्रदेश मार्फत प्रस्तावित बिधेयकहरुमा पनि सामुदायिक वनहरुमा संघीय सञ्चित कोष १५ प्रतिशत, प्रदेश सञ्चित कोष २५, प्रदेश सेवा शुल्क २, स्थानीय सरकारको सञ्चित कोष १०, मूल्य अभिवृद्धि कर ऐन २०५२ मा काठमा लाग्ने मूअ कर १३ र आयकर ऐन २०५८ वमोजिम उपभोक्ता बचत रकममा आयकर २५ प्रतिशत गरी ९० प्रतिशत सामुदायिक वनको रकम सरकारले आफ्नो कोषमा ल्याउने गरेको करहरुमा महासंघको गम्भिर ध्यानाकर्षण भएको महासंघका अध्यक्ष राजेन्द्र राईले बताए ।

 

सामुदायिक वन उपभोक्ता समुहले आफ्नो रकमलाई वन व्यवस्थापन र सामुदायिक विकासमा लगानी गरिरहेको अवस्थामा संघ, प्रदेश र स्थानीय सरकारले सामुदायिक वनको सवै रकम कोषमा ल्याउने र अतिरिक्त कर लगाउने कानूनी व्यवस्था गर्न लाग्दा देशभरका सामुदायिक वनका उपभोक्ता समुहरुको गम्भिर असहमति रहेको छ । सामुदायिक वन उपभोक्ता समुहरुले भने, आफ्नो सम्पुर्ण आम्दानीको २५ प्रतिशत वन विकास, ३५ प्रतिशत गरिव विपन्न वर्गको जिविकोपार्जन र ४० प्रतिशत सामाजिक विकासमा खर्च गर्दै आएका छन् । महासंघले सामुदायिक वनमा लगाइदै आएको वन पैदावार शुल्क र नयाँ प्रस्ताव गरिएका सवै वन पैदावार शुल्कहरु हटाउन समेत माग गरेको छ ।
२०७६ साउन २९ गते साँझ ७ :०६ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology