Samayojan khabar

Advertisment

SKIP THIS

बलात्कार आरोपमा ओखलढुंगामा तीन जना पक्राउ

बलात्कार आरोपमा ओखलढुंगामा तीन जना पक्राउ




समायोजन खबर ओखलढुंगा,
बलात्कारको आरोपमा साउन महिनामा मात्रै ओखलढुंगाामा तीन जना पक्राउ परेका छन् । बलात्कारको आरोपमा प्रहरी जवान र ६५ वर्षीय वृद्ध पनि पक्राउ परेका छन् । किशोरी बलात्कार गरेको आरोपमा एक साता अघि प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव पक्राउ परेका हुन् । यादवले जबरजस्ती करणी गरिरहेका बेला किशोरीका बुवाले फेला पारेपछि घटना बाहिर आएको थियो ।


यादवले यस अघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि किशोरी बलात्कार गरेको खुलेको छ । आरोपित यादवलाई पक्राउ गरि कारबाही प्रक्रिाया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । यस्तै, १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ पनि परेका छन् । चिशंखुगढी गाउँपालिका–६ भदौरेका अम्बरबहादुर मगर पक्राउ परेका हुन् । घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ । मगरले बालिकालाई प्रलोभनमा पारेर शौचालयमा लगेर करणी गरेको प्रहरीले जनाएको छ ।

 

यसैगरी, साउन १ गते एक ३२ वर्षीया महिला बलात्कार गर्न खोजेको आरोपमा लिखु गाउँपालिका–८ का २७ वर्षीय विक्रम विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रातको समयमा पीडित महिलाको घरको ढोका फुटाएर घरभित्र पस्न खोज्दा महिलाले होहल्ला गरेपछि बलात्कृत हुनबाट जोगिएकी थिइन् । उनैका उजुरीका आधारमा विष्ट पक्राउ परेका हुन् । पक्राउ परेका तीनै जनामाथि म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२०७६ साउन २९ गते बिहान ८ :३० मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology