Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री स्वदेश फिर्ता

प्रधानमन्त्री स्वदेश फिर्ता




समायोजन खबर काठमाण्डौ,
प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वेदश फर्कनु भएको छ । प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्कनु भएको हो । त्यस अवसरमा उहाँलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुवाष नेम्वाङलगायतले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।


१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराउनु भएका प्रधानमन्त्री ओली गएको साउन १८ गते स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गर्नु भएको थियो । स्वास्थ्य परीक्षणको सबै रिर्पोट प्राप्त भएपछि प्रधानमन्त्री ओली स्वदेश फर्कनु भएको हो ।उहाँले विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने कुरा गर्न चाहनु भएन । विदेश भ्रमणबाट फर्कँदा पत्रकार सम्मेलन गर्ने गरेका प्रधानमन्त्री ओलीले यस पटक भने पत्रकार सम्मेलन नगरी बाहिरिनु भयो ।

स्वागतका लागि पुगेका नेता, मन्त्रीहरुसँग भने प्रधानमन्त्री ओली हँसिलो मुहारका साथ प्रस्तुत हुनु भएको थियो । प्रधानमन्त्री ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक दिव्या शाह पनि सिंगापुर जानु भएको थियो । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको रिपोर्ट प्राप्त भएको छ ।
२०७६ साउन २७ गते अपरान्ह ३ :११ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology