Samayojan khabar

Advertisment

SKIP THIS

गाउँपालिकाको गाडीमा आगजनी

गाउँपालिकाको गाडीमा आगजनी




समायोजन खबर दाङ,
दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी भएको छ । गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा शनिबार राति नचिनेको मानिसको समूहले आगजनी गरेको हो । आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । गाडीमा लागेको आगो इलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले निभाएको थियो ।


बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को कार्यालय, मुर्कुटीमा पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको हो । शनिबार राति कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गाडीमा समेत नचिनेका मानिसको समूहले आगजनी गरेका छन् ।
२०७६ साउन २६ गते बिहान ९ :१० मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology