Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलबजारमा लाखेनाच प्रदर्शन

चिसाङ शेर्पा खोटाङ,
खोटाङको दिक्तेलबजारमा बृहत लाखेनाच प्रदर्शन गरिएको छ । ओखलढुंगा र खोटाङका नेवार समुदायहरुले विशेष दिनको अवसर पारेर लाखेनाच प्रदर्शन गरेका हुन् । ओखलढुंगाको पारस्परीक सहयोगी गुठी र दिक्तेलबजार सामाजिक गुठीमा आवद्ध नेवार समुदायहरुले शनिबार दिक्तेलबजारको हाँटडाँडा–रत्नपार्कमा लाखेनाच प्रदर्शन गरेका हुन् ।


नेवारी संस्कार/संस्कृतीलाई अझै चिनाउन तथा लोप हुंदै गएका विभिन्न संस्कार/संस्कृतीलाई जर्गेना गर्नका लागि दुई गुठीबीच भगिनि सम्बन्ध समेत कायम भएको दिक्तेलबजार सामाजिक गुठीका सचिव नुरकाजी सैंजुले बताए । सैंजुका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख दिपनारायण रिजाल, उपप्रमुख विणादेवी राई र सिध्दिचरण नगरपालिकाका नगरप्रमुख मोहन कुमार श्रेष्ठको रोहवरमा भगिनि सम्बन्ध कायमपछि लाखेनाच सुरु गरिएको थियो ।


हाँटडाँडाबाट सुरु गरिएको लाखेनाचमा नेवारी समुदायका बालकदेखी बद्धसम्मको भीड लागेको थियो । नेवारी समुदायले दिक्तेलमा जनै पूर्णिमाबाट लाखेनाच सुरु गरी कृष्ण जन्मअष्टमी भोलीपल्ट विधिवत रुपमा समापन गर्ने गर्छन् । परापूर्वक कालमा काठमाण्डौ उपत्यकामा पातलो वस्ती भएको, वस्तीमा मान्छे, वालवालिका हराउने गर्दथ्यो । कसरी हरायो भनेर खोजी गर्दा पनि नभेटिएको र तान्त्रिकहरुले जोखना हेर्दा वालवालिका तथा मान्छेहरु राक्षसले लाने रहेछ । दिक्तेलबजार सामाजिक गुठीका सचिव सैंजुले भने, ‘मानिस र वालवालिका लाने राक्षसहरु त खेद्नुप-र्यो । राक्षसको ठूल्ठूला हुलहुज्जत हुने भएकाले, तिमिहरुभन्दा वलवान छौ भन्ने तवरले नेवारी समुदायका सोनाहरुले ठूल्ठूला राक्षसको रुप धारण गरी राक्षस खेदेका थिए । त्यहीबाट लाखे सुरु भएको पौरणिक किंवदन्ती रहेको छ ।’ राक्षसको स्वरुप भएको मुखुन्डो पहिरिएर वालवालिकाहरुको रक्षाका लागि र दुष्ट आत्माहरुलाई खेद्न लाखे मनाउन थालिएको कथन पाईन्छ ।
२०७६ साउन २५ गते साँझ ७ :२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

भोजपुरमा श्रीमानको हत्याराबाट पैसा असुल्ने महिला पक्राउ

समायोजन खबर भोजपुर, श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा...

बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नहुने

समायोजन खबर भोजपुर, बर्थिङ सेन्टरमा प्रसूति नगराबए बच्चाको जन्मदर्ता...

मुख्य समाचार

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...

श्रीमती र १५ महिने छोरालाई जलाउन खोज्ने श्रीमान पक्राउ

समायोजन खबर धादिङ, २४ वर्षीया श्रीमती र १५ महिने...

अमेरिकाको अन्यायपूर्ण प्रतिबन्धप्रति हुवावेले जनायो आपत्ति

समायोजन खबर एजेन्सी, चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई...

शिल्पाले गरिन् १० करोडको अफर अस्विकार

समायोजन खबर मुम्बई, भारतीय अभिनेत्री शिल्पा शेट्टीले एक विज्ञापनमा...