Samayojan khabar

Advertisment

SKIP THIS

सामुदायिक वन दिवसमा सात समुह पुरस्कृत

सामुदायिक वन दिवसमा सात समुह पुरस्कृत




चिसाङ शेर्पा खोटाङ,
डिभिजन वन कार्यालय खोटाङले वन दिवसको अवसरमा सामुदायिक वन र कबुलियत वनका उत्कृष्ट उपभोक्ता समुहरुलाई पुरस्कृत गरेकोे छ । चौथो सामुदायिक वन दिवसको अवसरमा आर्थिक वर्ष २०७५/०७६ मा उत्कृष्ट वन उपभोक्ता समुहहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा सामुदायिक वनतर्फ प्रथम कोरे सामुदायिक वन जालपा, भिखारीपाखा सामुदायिक वन ऐंसेलुखर्क दोश्रो र राम्चेबराल थुम्की सामुदायिक वन दिप्लुङ तेश्रो भएका छन् ।

सामुदायिक वनतर्फ पुरस्कृत हुनेहरु समुहलाई क्रमशः ६ हजार, पाँच हजार र चार हजार नगदका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । कबुलियत वनतर्फ चिसापानीको चिप्ली पहरा कबुलियत वन पहिलो, सावा किलम्पा कबुलियत वन/चुलेखु पाखा कबुलियत वन माक्पा दोश्रो र खिरिम्ते कबुलियत वन दुर्छिम तेश्रो भएका छन् । कबुलियत वनका प्रथम, दोश्रो, तेश्रोले १५ हजार, ११ हजार, आठ हजार नगदका साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

उत्कृष्ट समुहलाई जिल्ला समन्वय समिति खोटाङका सदस्य चर्च वहादुर विश्वकर्माले पुरस्कार प्रदान गरेका थिए । ‘सामुदायिक वनमा नविनतम सोच, उत्पादन, उद्यम र संमृद्धिमा जोड’ भन्ने नाराका साथमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, लफ्याङ र खाल्लेमा पर्ने देविस्थान सामुदायिक वनमा आँप, तेजपात लगायतका विरुवा बृक्षरोपन गरिएको छ ।
२०७६ साउन २५ गते साँझ ५ :५९ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology