जिल्ला अस्पताल खोटाङमा बिरामीको चाप बढ्यो

चिसाङ शेर्पा खोटाङ,
जिल्ला अस्पताल खोटाङमा दैनिक बिरामीको चाप बढ्ने गरेको छ । मौसमी विरामी तथा विभिन्न स्वास्थ्य चौकीहरुले रेफर गरेका विरामीहरुको कारण चाप बढेको हो । विरामीको चाप बढेपछि उपचारमा ढिलाई तथा समस्या हुन थालेको छ । जिल्लामा रहेको एकमात्र १५ शैयाको सरकारी अस्पतालमा दैनिक रुपमा विरामीको चाप बढ्न थालेपछि भने, जसरी सुविधा दिन समेत समस्या भएको अस्पताल स्रोतले जनाएको छ ।

निजि क्लिनिक, अस्पताल तथा विभिन्न स्वास्थ्य चौकीहरुले विरामी रेफर गर्दा विरामीको संख्या दैनिक बढिरहेको हो । अस्पतालमा सरुवा रोग, नसर्ने रोग, छाला, ग्याष्ट्रिकका विरामीहरुको संख्या पहिले तथा अघिल्ला महिनाहरुमा भन्दा बढ्दो मात्रामा छ । अस्पतालको अन्तरङग विभाग र बहिरङ्ग विभागमा दैनिक सयदेखी डेढ सयको संख्यामा विरामी आउने गरेको छ । ताकि गत असार ११९ जना विरामी भर्ना भएका थिए ।

अस्पतालमा सर्ने रोग र नसर्ने रोगका विरामीहरु बढेको निमित्त कार्यालय प्रमुख रोशन ग्वाछाले बताए । ग्वाछाका अनुसार सर्ने रोगमा झाडापखाला, टाइफाइड, घाटीको इन्फेक्सनका विरामी बढी छन् । नसर्ने रोगमा सुगर, प्रेसर, दम र डरलाग्दो रुपमा डिप्रेसनका विरामी आउने गरेका छन् । उनका अनुसार मौसम अनुसार पानी उमालेर नपिउनु, मानिसको लाइफस्टाईलमा परिवर्तन हुनु र विलासिता कारण यस्ता किसिमका विरामीको संख्या बढेर गएको हो ।

 

तीन जना कर्मचारीको दरबन्दी भए पनि दुईजना सरकारी चिकित्सक र चारजना करारका स्वास्थ्यकर्मीहरुले विरामीहरुलाई उपचार र चेकजाँज गरिरहेका छन् । विरामीको चाप बढे पनि प्रशस्त स्वास्थ्यकर्मी नहुंदा विरामीले छिटो छरितो सुविधा पाउन समस्या हुने गरेको छ । पहाडी जिल्लामा दरबन्दी अनुसारको कर्मचारी नहुनु, मौसमी रोग, सरुवा रोग र नसर्ने रोगका विरामीहरु दिनानु बढेर जाँदा १५ शैया भए पनि अस्पतालले २६ शैया सञ्चालन गरेका छन् । आईतबार र बुधबार ती शैयामा समेत विरामी नअट्ने तथा ओपिडीमा समेत भीड लाग्नाले कतीपय विरामी फर्कन बाध्य छन् ।

अस्पतालमा एकजना सरकारी दरबन्दी खाली रहेको छ । एकजना एमडिजिपि डाक्टर र अन्य तीनजना स्वास्थ्यकर्मी पनि करारमा छन् । गएको असारमा मात्रै ओपिडीमा दुई हजार चार सय ४१ जना र इनडोरमा पाँच सय ३७ जनाको उपचार गरिएको छ । २७ जनाको प्रसुतीमा सात जनाको शल्यक्रिया, २० जनाको सुरक्षित गर्भपतन गरिएको थियो ।
२०७६ साउन २४ गते साँझ ६ :४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

सुनको मूल्यमा लगातार गिरावट

समायोजन खबर काठमाडौं, पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको...

मुख्य समाचार

जालपामा ग्रामिण आँखा उपचार क्लिनिक स्थापना

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपास्थित जनसेवा...

दिक्तेल बोर्डिङ स्कुल च्याम्पियन

समायोजन खबर खोटाङ, तेश्रो जिल्ला स्तरिय अन्तर विद्यालय छात्र...

विधार्थीले कृषि उपज बेचेपछि…

चिसाङ शेर्पा खोटाङ, लफ्याङका विधार्थीहरुले आफैले उत्पादन गरेको कृषिउपज...

गौरिका सिंहले जितिन् अर्को स्वर्ण

समायोजन खबर काठमाडौं, नेपाली पौडी खेलाडी गौरिका सिंहले अर्को...

गुल्मीमा १० वर्षीया वालिका बलात्कृत

समायोजन खबर गुल्मी, गुल्मीमा स्कुल हिडेकी वालिकालाई वलात्कर...