Samayojan khabar

Advertisment

SKIP THIS

सुनको भाउ तोलामा ७० हजार पुग्यो

सुनको भाउ तोलामा ७० हजार पुग्यो




समायोजन खबर काठमाण्डौ,
सुनको भाउ तोलाको ७० हजार रुपैयाँ पुगेको छ । गएको शुक्रबारदेखि नै कीर्तिमान बनाइरहेको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ बढेर ७० हजार पुगेको हो । गएको शुक्रबार तोलाको ६५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको भाउ त्यसयता लगातार बढिरहेको हो । सुनको भाउ बुधबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन बिहीबार प्रति औँस तोलाको १५ सय डलर ९० सेन्ट पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिए । चीन, अमेरिका तथा भारत र पाकिस्तानबिच बढेको तनावका कारण अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ बढेको उहाँले बताए । अहिलेको अवस्था हेर्दा सुनको भाउ अझै बढ्ने संकेत देखिएको उहाँको भनाइ छ । चाँदीको भाउ पनि लगातार बढ्दो छ । चाँदीको भाउ बिहीबार तोलामा १५ रुपैयाँ बढेर ८ सय २५ रुपैयाँ पुगेको छ ।
२०७६ साउन २३ गते मध्यान्ह १ :२५ मा प्रकाशित

हाम्रो बारेमा


हाम्रो टिम


समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

सम्पर्क


स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]



© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology