डिजेल पेट्रोल महंगियो, ग्यासको मूल्य घट्यो

समायोजन खबर काठमाण्डौ,
नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोल लिटरमा १ रुपैयाँ महंगो हुँदा डिजेल र मटितेलको मूल्य ५० पैसा मात्रै बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर २५ रुपैयाँले घटेको छ ।
अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक सिलिन्डर ग्यासको लागि १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ । हवाई ईन्धनको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।
२०७६ साउन २२ गते बिहान ८ :०५ मा प्रकाशित